बजारमा निगुरो मूल्य घट्न थालेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
सोमबार कालीमाटी बजारमा निगुरो प्रतिथोक मूल्य ७० देखि ८० रूपैयाँमा कारोबार भइरहेको छ।
दुई/तीन अघिसम्म कालीमाटी बजारमा निगुरो प्रतिथोक मूल्य ८० देखि ९० रूपैयाँमा बिक्री भइरहेको थियो।
नेपाल फलफूल तथा तरकारी व्यवसायी संघ, काठमाडौंका पूर्व अध्यक्ष खोम प्रसाद घिमिरेको अनुसार बजारमा निगुरो आउन थालेको १५ दिन भयो।
आपूर्तिका आधारमा निगुरोको मूल्य घटबढ भइरहेको छ।
उनका अनुसार हाल कालीमाटी बजारमा निगुरो पूर्वी जिल्ला धरान, धनकुटा लगायतका क्षेत्रबाट आइहरेको छ।
निगुरो किलोको हिसाबमा मात्रै नभएर मुठाको हिसाबमा पनि बिक्री हुन्छ।
होलसेल मूल्य घटेसँगै निगुरोको खुद्रा मूल्य पनि घटेको छ।
निगुरोको मुख्य सिजन वैशाख–जेठ हो। त्यो समयमा भने मूल्य थप घट्ने उनको भनाइ छ।