बजारमा काँक्रोको मूल्य बढेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
समितिको तथ्यांक अनुसार कालीमाटी बजारमा काँक्रो लोकल र हाइब्रिड गरी दुई प्रकारका आउँछन्।
कालीमाटी बजारमा आइतबार लोकल काँक्रो प्रतिकिलो थोक मूल्य ११० देखि १२० रूपैयाँ र हाइब्रिड काँक्रो ७० देखि ८० रूपैयाँमा बिक्री भइरहेको छ।
शनिबार लोकल काँक्रो प्रतिकिलो थोक मूल्य ९० देखि १०० रूपैयाँ र हाइब्रिड काँक्रो ३० देखि ४० रूपैयाँमा बिक्री भएको थियो।
शनिबारको तुलनामा आइतबार लोकल काँक्रो प्रतिकिलो थोक मूल्य २० रूपैयाँ र हाइब्रिड काँक्रो प्रतिकिलो ४० रूपैयाँ बढेको हो।
बजारमा काँक्रोको आपूर्ति बढेकाले मूल्य थोरै बढेको कालीमाटी बजारका होलसेल व्यापारीहरू बताउँछन्।
होलसेल मूल्य बढेसँगै काँक्रोको खुद्रा मूल्य पनि बढेको छ।