बजारमा अधिकांश तरकारीको भाउ उकालो लागे पनि बन्दाको मूल्य भने स्थिर जस्तै छ।
अहिले कालीमाटी बजारमा बन्दा प्रतिकिलो थोक मूल्य १० रूपैयाँ छ।
मुख्य सिजनको बेलामा पनि बन्दाको मूल्य प्रतिकिलो ८ देखि १० रूपैयाँ थियो।
देशको सबैभन्दा ठूलो तरकारी बजार कालीमाटीमा तीन महिना अघिदेखि बन्दा प्रतिकिलो १० रूपैयाँमा बिक्री भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले देखाएको छ।
समितिको तथ्यांक अनुसार बजारमा बन्दा लोकल, तराई र नरिवल गरी तीन प्रकारको आउँछ।
यी तीनै प्रकारको बन्दाको थोक मूल्य प्रतिकिलो १० रूपैयाँ छ।