बजारमा सागको मूल्य बढेको छ।
एक महिनाको अवधिमा सागको प्रतिथोक मूल्य न्यूनतम २० देखि अधिकतम ५५ रूपैयाँसम्मले बढेको छ।
बजारमा साग रायो, पालुंगो, चम्सुर तोरी र मेथी गरी पाँच प्रकारको पाइन्छ।
सोमबार कालीमाटी बजारमा रायो र पालुंगो साग प्रतिकिलो न्यूनतम थोक मूल्य ७० रूपैयाँ छ। त्यस्तै, चम्सुर ९०, तोरी ४० र मेथीको सागको मूल्य ८० रूपैयाँ छ।
एक महिनाको अवधिमा रायो सागको मूल्य ५५ रूपैयाँले बढेको छ। एक महिना अघि बजारमा रायो साग प्रतिकिलो न्यूनतम थोक मूल्य १५ रूपैयाँमा कारोबार भइरहेको थियो।
त्यस्तै, एक महिनाको अघिको तुलनामा अहिले पालुंगो ३०, चम्सुर ५०, तोरी २० र मेथी ३० रूपैयाँले बढेको छ।
एक महिना अघि बजारमा पालुंगो र चम्सुर ४०, तोरी २० र मेथीको साग ५० रूपैयाँमा कारोबार भएको थियो।
बजारमा सागको सिजन सकिएसँगै मूल्य बढ्न थालेको व्यवसायीहरू बताउँछन्।
पुस–माघ सागको मुख्य सिजन हो। फागुनदेखि नै सागको मूल्य विस्तारै बढ्न सुरू हुन्छ।