चितवनमा चैते धान रोप्न थालिएको छ।
चैत सुरू भएपछि चितवनका पूर्वी भेगमा चैते धान रोप्न सुरू भएको हो।
तोरी र गहुँलगायतका बाली थन्क्याएपछि किसानहरूले धान लगाउन थालेका छन्। किसान यतिबेला खेतमा आली लगाउने, छेउकुना खन्ने, बीउ काढ्ने, हल चलाउने, खेत रोप्नेल लगायतका काममा व्यस्त देखिन्छन्।
सामान्यतया धान वर्षमा दुई पटक रोप्ने चलन छ। असारमा रोप्ने धानलाई वर्षे धान र चैतमा रोपिने धानलाई चैते धान भन्ने गरिन्छ।
चितवनमा पिआर १०१ लगायत विभिन्न प्रजातिका चैते धान लगाइन्। पूर्वी चितवनका भूभागहरू चेतै धानका लागि नेपालमा राम्रै पकेट क्षेत्रका रूपमा मानिन्छ।
अहिले त्यहाँका किसानहरू परम्परागतसँगै मेसिनबाट पनि धान रोप्छन्।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका अनुसार चितवनमा उत्पादन हुने चेतै धानको ७० प्रतिशत हिस्सा पूर्वी चितवनको रत्ननगर, खैरहनी र राप्ती नगरपालिकामा छ।
बाँकी माडी, कालिका नगरपालिका र भरतपुर महानगरपालिकामा उत्पादन हुन्छ।
तस्बिरहरूः
-ink-1742624995.jpeg)
-ink-1742624996.jpeg)
-ink-1742624995.jpeg)
सबै तस्बिरः भगवती पाण्डे/सेतोपाटी।