बजारमा घिरौलाको मूल्य घटेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
सोमबार कालीमाटी बजारमा घिरौला प्रतिकिलो थोक मूल्य ४० देखि ५० रूपैयाँमा कारोबार भएको छ।
एक महिनाको तुलनामा यो आधाले सस्तो हो।
एक महिनाअघि कालीमाटी बजारमा घिरौला प्रतिकिलो थोक मूल्य ९० देखि एक सय रूपैयाँमा बिक्री भइरहेको थियो।
अहिले बजारमा घिरौलाको आपूर्ति बढेकाले मूल्य घटेको व्यवसायीहरू बताउँछन्।
व्यवसायीहरूका अनुसार अब विस्तारै घिरौलाको सिजन सुरू हुनेछ।
अहिले घिमेकी मुलुक भारतबाट बढी मात्रामा घिरौला आएको छ भने स्वदेशी उत्पादन नगन्य मात्रामा छ।
स्वदेशी उत्पादन आउन सुरू भएपछि घिरौलाको मूल्य थप घट्नेछ।