मंगलबार कालीमाटी तरकारी बजार बन्द छ।
वि.स २०६८ साल फागुन २० गते कालीमाटी तरकारी बजारमा भएको घटनाको शोकमा व्यवसायीहरूले कारोबार बन्द गरेका हुन्।
उक्त वर्ष आजकै दिन भीषण आगलागी हुँदा मानवीय र भौतिक क्षति भएको थियो। उक्त आगलागीमा ६ जनाले ज्यान गुमाएका थिए।
त्यसयता प्रत्येक वर्ष व्यवसायीहरूले फागुन २० गते कारोबार बन्द गर्दै आएका छन्।
'हामीले बन्द गरेका होइनौं,' बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने, 'व्यवसायीहरूले स्वेच्छाले बजार बन्द गरेका हुन्।'
उनका अनुसार कारोबार बन्द भए पनि बजारमा तरकारी तथा फलफूलहरू भने आइरहेको छ।