बजारमा कुरिलोको मूल्य घटेको छ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
कालिमाटीको तथ्यांक अनुसार सोमबार कालिमाटी बजारमा कुरिलो प्रतिकिलो थोक मूल्य न्यूनतम नौ सय रूपैयाँदेखि अधिकतम १४ सय रूपैयाँमा कारोबार भइरहेको छ।
आइतबारको तुलनामा यो न्यूनतम १२ सय रूपैयाँदेखि १६ सय रूपैयाँमा कारोबार भइरहेको थियो।
सुरूआति चरणमा कुरिलो थोक मूल्य न्यूनतम न्यूनतम १२ सय रूपैयाँदेखि अधिकतम १८ सय रूपैयाँसम्ममा कारोबार भइरहेको थियो।
दुई महिनादेखि थोरै मात्रामा बजारमा कुरिलो आइरहेको कालीमाटी बजारका व्यवसायी राज कुमार थापा क्षेत्रीले जानकारी दिए।
उनका अनुसार बजारमा कुरिलोको भाउ घटबढ भइरहेको छ।
‘बजारमा धेरै आयो भने सस्तो हुन्छ। थोरै आयो भने महँगो हुन्छ,’ उनले भने।
व्यवसायी राज कुमारका अनुसार कुरिलोको गुणस्तरका आधारमा मूल्य निर्धारण गरिएको छ। अहिले कुरिलोको अफ सिजन हो। बर्खा लागेसँगै कुरिलो सस्तो हुन्छ।