बजारमा परवलको मूल्य घटेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो यस्तो देखिएको हो।
समितिको तथ्यांक हेर्दा शुक्रबार परवल प्रतिकिलो थोक मूल्य न्यूनतम एक सय ८० देखि दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।
यो अघिल्लो दिनको तुलनामा २० रूपैयाँले कम हो।
बिहीबार कालीमाटी बजारमा परवल दुई सय रूपैयाँदेखि अधिकतम दुई सय २० रूपैयाँ किलोमा कारोबार भइरहेको छ।
बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको थियो।
अहिले परवलको सिजन नभएका कारण महँगिएको कालीमाटी बजारका व्यवसायी राज कुमार थापा क्षेत्रीले जानकारी दिए।
अहिले परवल बेमौसमी तरकारीभित्र पर्छ। यो सिजनमा परवलको स्वदेशी उत्पादन छैन, भारत लगायतका क्षेत्रबाट आइरहको छ।
बजारमा परवल धेरै परिमाणमा आउँदा मूल्य घट्छ भने थोरै परिमाणमा आउँदा मूल्य बढ्छ।
बर्खा सिजन सुरू भएसँगै यहाँ परलवलको उत्पादन बढ्छ।