बजारमा तितेकरेलाको मूल्य बढेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
आइतबार कालीमाटी बजारमा तितेकरेला प्रतिकिलो थोक मूल्य एक सय ४० देखि एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
यो गत आइतबारको तुलनामा ४० देखि ५० रूपैयाँले बढी हो। गत आइतबार कालीमाटी बजारमा तितेकरेला प्रतिकिलो थोक मूल्य एक सयदेखि एक सय १० रूपैयाँमा बिक्री भइरहेको थियो।
त्यसपछि भने सातामा प्रतिकिलो १०/१० रूपैयाँका दरले एकसय १० देखि एकसय २०, एक सय २० देखि एकसय ३० र एक सय ३० देखि एक सय ४० रूपैयाँ हुँदै बढेको देखिन्छ।
अहिले तितेकरेलाको सिजन भएकाले मूल्य बढेको व्यवसायीहरू बताउँछन्।
व्यवसायीहरूका अनुसार आजभोलि तितेकरेला छिमेकी मुलुक भारतबाट भित्रिने गरेको छ। बर्खा लागेसँगै तितेकरेलाको स्वदेशी उत्पादन सुरू हुन्छ। त्यसपछि भने भाउ केही घट्ने छ।
बजारमा थोक मूल्य बढेसँगै उपभोक्ता मूल्य पनि बढेको छ।