पछिल्लो समय बजारमा तरकारीको मूल्य सस्तिएको छ। तरकारीको मुख्य सिजन भएकाले मूल्य सस्तिएको हो।
कालीमाटी बजार विकास समितिको तथ्यांक हेर्ने हो भने प्रतिकिलो थोक मूल्य ८ रूपैयाँदेखि एक सय ३० रूपैयाँसम्मका तरकारी छन्।
आज कालीमाटी तरकारी बजारमा सानो तराई गोलभेँडा, मुला, स्थानीय ज्यापु काउली, भन्टा लगायतका तरकारी प्रतिकिलो थोक मूल्य १५ रूपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै बन्दा, काउली, फर्सी, रायोको साग लगायतका तरकारी प्रतिकिलो थोक मूल्य ८ देखि १० रूपैयाँमा कारोबार भएको छ। ब्रोकाउली भने केही सातादेखि नै प्रतिकिलो २० रूपैयाँमा कारोबार भएको छ।
तितेकरेला, भिण्डी, राजमा सिमी लगायतका बेमौसी तरकारी भने प्रतिकिलो थोक मूल्य एक सयदेखि एक सय ३० रूपैयाँसम्म कारोबार भएको छ।