कालीमाटी बजारमा सोमबार काउली र बन्दा प्रतिकिलो थोक मूल्य ८ रूपैयाँमा बिक्री भइरहेको छ।
कालीमाटी बजार विकास समितिको तथ्यांक पछिल्लो समय काउली र बन्दाको मूल्य प्रतिकिलो ८ देखि १० रूपैयाँ किलोमा कारोबार भइरहेको छ।
बजारमा काउली स्थानीय, ज्यापु र तराई गरी तीन प्रकारका आउँछन्। ज्यापु काउली भने प्रतिकिलो थोक मूल्य १५ रूपैयाँ छ।
त्यस्तै, बन्दा लोकल, तराई र नरिवल गरी तीन प्रकारका छन्। लोकल बन्दा भने प्रतिकिलो १० रूपैयाँमा बिक्री भइरहेको छ।
अन्य तरकारीको मूल्य पनि सस्तो छ। मुला, रायोको साग, गोलभेँडा, फर्सी लगायतका तरकारीको मूल्य पनि न्यूनतम १५ देखि ३० रूपैयाँमा कारोबार भइरहेको समितिको तथ्यांकले देखाएको छ।
तरकारीको मुख्य सिजन भएकाले तरकारीको भाउ घटेको हो। सिजन सकिन थालेसँगै मूल्य बढ्दै जानेछ।