राष्ट्रपति विद्यादेवि भण्डारी युएईमा


राष्ट्रपति विद्यादेवि भण्डारी ४ दिवसीय औपचारिक भ्रमणका लागि सोमबार साँझ संयुक्त अरब ईमिरेट्स आईपुगेकि छन।

नेपाल र युएईबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष पूरा भएको अवसरमा संयुक्त अरब इमिरेट्स (युएई) को अबुधावीका युवराज तथा युएईको सशस्त्र बलका नायब सर्वोच्च कमान्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपती भण्डारी युएई आएकी हुन।

ईतिहाद एयरवेजको विमान मार्फत सोमबार साँझ ८ बजे अबुधाबी आईपुग्नु भएको राष्ट्रपति भण्डारीलाई स्वागत गर्न युएईका मानव संशाधनमन्त्री नासर थानी अल अगेली नेपालका लागि युएईका राजदूत साइद हमदान अल नाकेइ, युएईका लागि कार्यबाहक नेपाली राजदूत नेत्र बहादुर टंडन लगायत दूतावासका कर्मचारी अबुधावी विमानस्थलमा पुगेका  थिए।

कात्तिक २७ देखि ३० सम्म हुने राष्ट्रपतिको भ्रमणमा नेपाल र युएई बिचको पारस्परिक संबन्ध र द्विपक्षीय सहयोगको विषयमा छलफल हुने नेपाली दूतावास युएईले जनाएको छ। भ्रमणका क्रममा कात्तिक २८ गते मंगलबार राष्ट्रपति भण्डारीले अबुधावीका राजकुमार शेख महम्मद बिन जाहेद अल नेह्यानसंग औपचारिक भेटवार्ता गर्ने बताइएको छ। उक्त भेटवार्तामा दुई देशबीचको पारस्परिक संबन्ध र सहयोग आदानप्रदान बारे छलफल हुनेछ।

त्यसैगरी वहाँले बुधबार युएईमा रहेका नेपालीहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको छ। नेपाली दूतावासले आयोजना गर्ने भेटघाट कार्यक्रम राष्ट्रपति भण्डारीले युएईमा रहेका नेपालीलाई सम्बोधन गर्ने छिन। कार्यक्रममा युएईमा क्रियाशील विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधि, व्यवसायी, समाजसेवीको उपस्थिति रहने जानकारी नेपाली दूतावासले दिएको छ।

नेपाल तथा युएईले सन् १९७७ को जनवरी २२ मा कूटनीतिक सम्बन्ध स्थापना गरेका हुन् र नेपालले सन् २००४ अप्रिल ११ मा अबुधावीमा कार्यवाहक राजदूत स्तरमा आवासीय दूतावास स्थापना गरेको हो । यस दूतावासलाई सन् २००७ डिसेम्बर ११ मा राजदूतावासमा परिवर्तन गरियो। युएईले पनि सन् २०१६ को मे १० मा नेपालमा आवासीय नियोग स्थापना गरेको छ।

राष्ट्रपति विद्यादेवि भण्डारीको यो भ्रमणबाट यहाँका नेपाली समुदायले ठूलो आशा राखेका छ्न। यहाँ रहेका नेपालीहरुले आफ्नो पीडा र अनुभव सुनाउन पाईने भन्दै हर्ष व्यक्त गरेका छन्।

राष्ट्रपती भण्डारी कात्तिक ३० गते नेपाल फर्कने कार्यक्रम रहेको छ।

फोटो:रासस

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.