गैरआवासीय नेपाली संघ (एनआरएनए) स्लोभेनियाको अध्यक्षमा वीरमान श्रेष्ठ निर्वाचित भएका छन्।
आगामी २ वर्षको नेतृत्व चयनका लागि भएको अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा कार्यसमिति चयन भएको हो।
सन् २००९ मा स्लोभेनिया पुगेका श्रेष्ठ व्यवसायमा सक्रिय छन्।
कार्यसमितिको उपाध्यक्षमा गुनाखर गैह्रे महासचिवमा इकेश महर्जन र सचिवमा कृष्ण रानाभाट छन्। त्यस्तै, गणेश थापा कोषाध्यक्ष छन् भने बद्री ढुङ्गाना सहकोषाध्यक्ष छन्।
कार्यसमिति सदस्यहरूमा ध्रुवनारायण घिमिरे, बासुदेव पन्थी, कुमार श्रेष्ठ र गीता बस्नेत छन्।
आफ्नो कार्यकालमा धेरैभन्दा धेरै नेपालीलाई संगठित गर्ने र नेपालीलाई एक्लोपना अनुभव गर्न नदिनका लागि प्रयास गर्ने बताए।
नेपाली कला र संस्कृतिको प्रचार प्रसारमा समेत आफूहरू लाग्ने उनको भनाइ छ।
त्यस्तै, पासपोर्ट नवीकरण गर्नको लागि सहजीकरण गर्न आफू सक्रिय भएर लाग्ने उनको प्रतिबद्धता छ।
'कुनै पनि नेपालीको पासपोर्टको नवीकरण गर्न पर्यो भने २ दिन लगाएर अस्ट्रिया पुग्नुपर्छ। यताबाट पैसा पठायो अनि उता पुगेपछि आएकै छैन भन्छ,' उनले भने, 'अस्ट्रिया पुगेर पनि समयमै काम हुँदैन। हामीले समय माग्न खोज्दा राजदूतबाट बेवास्ता भइरहेको छ।'