गैरआवासीय नेपाली संघ (एनआरएनए) मकाउको अध्यक्षमा युवराज न्यौपाने निर्वाचित भएका छन्।
एनआरएनए मकाउको आज सम्पन्न अधिवेशनले न्यौपानेलाई निर्विरोध चयन गरेको हो।
हङकङ मकाउका लागि महावाणिज्यदूत विन्देश्वर प्रसाद लेखकको प्रमुख अतिथि रहेको कार्यक्रममा एनआरएनए सचिव राधिका (टीका) गुरूड सुपरिवेक्षक थिइन्।
अधिवेशनबाट अध्यक्ष निर्वाचित न्यौपाने मकाउमा व्यवसाय गर्छन्।