गैरआवासीय नेपाली संघ (एनआरएनए) युगान्डाको अध्यक्षमा रमा अर्याल निर्वाचित भएकी छन्।
२०२५–२०२७ कार्यकालको लागि अर्यालको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो।
निर्वाचनमा सबै पदाधिकारीहरू निर्विरोध रूपमा निर्वाचित भएको निर्वाचन समितिका प्रमुख रमेश कँडेलले जानकारी दिए।
एनआरएनए युगान्डाको नवनिर्वाचित कार्यसमिति
अध्यक्ष: रमा अर्याल
वरिष्ठ उपाध्यक्ष: राजु थापा
उपाध्यक्ष: तारा (इन्दु) गिरी
महासचिव: मालती राना मगर
सचिव: मुकेश मेहता
कोषाध्यक्ष: बालकृष्ण सुनार
प्रवक्ता: हरि कटुवाल
युवा संयोजक: टोप बहादुर आले
कार्यसमिति सदस्यहरू: शाहीर कंडेल, सन्तोष विश्वकर्मा, नरेन्द्र शाही, गोविन्द भट्ट
घोषणापश्चात निर्वाचन प्रमुख रमेश कँडेलले नवनिर्वाचित अध्यक्ष रमा अर्याललाई शपथ ग्रहण गराए। अध्यक्ष अर्यालले अन्य कार्यसमिति सदस्यहरूलाई संविधान बमोजिम शपथ गराइन्।
अघिल्लो कार्यकालका महासचिव रहेका राजु थापाले २०२३–२०२५ कार्यकालको गतिविधि प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष रहेकी मालती रानाले आर्थिक प्रतिवेदन प्रस्तुत गरिन्।
नवनिर्वाचित अध्यक्ष अर्यालले यो कार्यकालमा संघको आफ्नै भवन निर्माणको लागि जमिन किन्ने प्रतिबद्धता व्यक्त गर्दै बलियो टोलीको सहकार्यमा लक्ष्य पूरा गर्ने वाचा गरिन्।