गैरआवासीय नेपाली संघ(एनआरएनए)को अध्यक्षमा रामप्रसाद पाध्याय चयन भएका छन्।
झण्डै २० वर्षदेखि अफ्रिकाका देशहरुमा व्यवसाय गर्दै आएका पाध्यायको नेतृत्वमा सर्वसम्म १७ सदस्यीय कार्यसिमित चयन भएको हो।
विगत १० वर्षदेखि निष्क्रिय अवस्थामा रहेको एनसीसी साउथ सुडानको पुनर्गठन गर्दै २०२५–२७ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरिएको हो।
महाधिवेशन भर्चुअल र भौतिक माध्यमबाट सम्पन्न भएको थियो।
एनआरएनए आइसीसी अध्यक्ष बद्री केसीले संघको केन्द्रीय सचिवालय, वालुवाटारमा आयोजित एक कार्यक्रममा नवनिर्वाचित अध्यक्ष पाध्यालाई खादा र माला लगाएर बधाइ दिए।
१० वर्षदेखि निष्क्रिय एनसिसी पुनःसक्रिय रहेको भन्दै नयाँ नेतृत्वले संघको मर्म र विधानअनुसार कार्य गर्दै सबैलाई समेटेर अघि बढ्नेमा आफू आशावादी रहेको बताए।
निर्वाचित भएपछि एनआरएनए साउथ सुडानका अध्यक्ष पाध्यायले साउथ सुडानमा रहेका नेपालीहरुलाई एकताबद्ध बनाउने बताए।

'अफ्रिकाभरि हामी थोरै नेपाली छौं। हाम्रा समस्यालाई समाधान गर्न आफ्नो ठाउबाट प्रयास गर्छु,' उनले भने,'सन् २०१२ मा स्थापना भएपनि विभिन्न कारणले दुई कार्यकालपछि निष्क्रिय रह्यो, अहिले हामी नयाँ उर्जासहित सशक्त, प्रतिबद्ध र लक्ष्यप्रति स्पष्ट छौ।'
उनले अफ्रिकाभर छरिएर रहेका नेपालीहरूलाई एउटै डिजिटल प्लेट फर्ममा समेट्ने घोषणा गर्दै त्यसमार्फत प्रवासी नेपालीको डाटाबेस निर्माण र आपसी सहकार्य सुदृढ बनाउने प्रतिवद्धता जनाए।
नवगठित कार्यसमिति (२०२५–२०२७)
अध्यक्ष: रामप्रसाद पाध्या
उपाध्यक्ष : ईश्वरप्रसाद सिग्देल, रुक्मांगत उपाध्याय
महासचिव: बलराम दाहाल
सचिव : रमेशबहादुर खत्री
कोषाध्यक्ष: आनन्दबाबु श्रेष्ठ
प्रवक्ता: राजदीप गुरुङ
युवा संयोजक: हीरासिंह पौडेल क्षेत्री
सदस्यहरू: प्रकाशराज भण्डारी, रामेन्द्रप्रसाद यादव, विक्रमरवि राना, बेदबहादुर चौधरी, लक्ष्मीप्रसाद ओख्रावु, तिलक रोका, मनबहादुर सार्की, कृष्णबहादुर नेपाली।
आइसीसी सदस्य : बाबुराम गौतम (प्रस्तावित)