गैरआवासीय नेपाली संघ न्यूजिल्याण्डको अध्यक्षमा अच्युत अर्याल निर्वाचित भएका छन्।
आइतबार २०२५/२०२७ कार्यकालका लागि भएको अधिवेशनबाट अर्यालको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो।
सन् २००८ मा न्युजिल्याण्ड गएका अर्यालले कलेज सञ्चालन गरेका छन् भने प्रध्यापन पनि गर्छन्।
उनी व्यवसायमा समेत सक्रिय छन्। सन् २००८ मा न्युजिल्याण्ड जानुअघि त्रिभुवन विश्वविद्यालयल अन्तर्गतको वन विज्ञान अध्ययन संस्थानमा आबद्ध रहेका अर्याल अहिले पनि यसमा आबद्ध छन्।
संरक्षण जीव विज्ञानका अनुसन्धानकर्ता समेत रहेका अर्याल अन्तर्राष्ट्रिय स्तरमा एक दशकभन्दा बढी समयदेखि शिक्षा, अनुसन्धान, वातावरणीय सेवामा सक्रिय छन्।
उनको अनुसन्धानको मुख्य क्षेत्र जैविक विविधता संरक्षण, वन्यजन्तु पारिस्थितिक तथा जलवायु परिवर्तनको असरमा केन्द्रित छ। शिक्षण तथा अनुसन्धानमा केन्द्रित अर्याल वातावरण संरक्षण र दिगो विकासमा समेत सक्रिय छन्।
कार्यसमितिको उपाध्यक्षमा टेक बहादुर गुरूङ र कृष्णप्रसाद भण्डारी निर्वाचित भएका छन्। महासचिवमा नरहरि बासेल निर्वाचित भएका छन्।बासेल वैज्ञानिक हुन्।
सचिवमा सुरेश बुढा थापा र मिलन जिसी छन्।
कोषाध्यक्षमा सुलभ पौडेल निर्वाचित भएका छन्। पौडेल पनि वैज्ञानिक हुन्। त्यस्तै उपकोषाध्यक्षमा हरिओम सापकोटा निर्वाचित भएका छन्।
सदस्यहरूमा प्रक्षिश निरौला, सीमा थापा, उज्वल बास्ताकोटी, नमिता दवाडी, आशिक बाँस्तोला, दामोधर घिमिरे, रामचन्द्र अर्याल, सुरेश लामा, गोविन्दप्रसाद निरौला छन्।