महेश श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलसँग भेट गरेको छ।
भेटमा नेपालको आर्थिक विकास र लगानी प्रवर्द्धनबारे कुराकानी भएको थियो।
‘नेपालको आर्थिक विकास र लगानी प्रवर्द्धनमा सहकार्यको नयाँ अध्याय सुरू होस्। एनआरएनएको पुँजी, सीप र अनुभव देशको समृद्धिमा समर्पित गर्न हामी प्रतिबद्ध छौं,’ अध्यक्ष श्रेष्ठले भने, ‘राष्ट्र बैंकसँगको सहकार्यमा लगानीमैत्री वातावरण सिर्जना होस्, र नेपाल समृद्धिको नयाँ उचाइमा पुगोस् भन्ने हाम्रो चाहना छ।’