स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले माल्टाका राष्ट्रपति माइरियम स्पाइटेरी डेबोनोलाई राष्ट्रपति भवन, भ्यालेट्टामा आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन्।
स्पेनस्थित दूतावासको कार्यक्षेत्रमा माल्टा पर्ने भएकाले राजदूत नेपाल माल्टा गएका हुन्।
१० हजारभन्दा बढी नेपालीहरू बसोबास गर्दै आइरहेको माल्टामा नेपालले ओहोदाको प्रमाणपत्र बुझाउँदै नेपाल र माल्टा बीचको सम्बन्ध अझै मजबुत हुने बताए।
माल्टामा नेपालीहरुको संख्या बढ्दै गएकाले त्यहा सम्भव भए दूतावास र कम्तीमा श्रम सहचारी खटाउनुपर्ने माग उठिरहेको छ।