श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा महत्वपूर्ण सहकार्य प्रदान गरेकोमा गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई सम्मान गरेको छ।
सो अवसरमा सम्मेलनको सफल आयोजना र श्रम, रोजगार तथा सामाजिक सुरक्षाको क्षेत्रमा सशक्त नीति निर्माणमा योगदान पुर्याएको भन्दै मन्त्रालयले एनआरएनएसहित विभिन्न संघ–संस्थाहरू, विज्ञ, सामाजिक साझेदार तथा सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्दै सम्मान प्रदान गरेको हो।
फागुन २६ र २७ गते काठमाडौंमा सम्पन्न सम्मेलनका क्रममा एनआरएनए अध्यक्ष बद्री केसीको नेतृत्वमा सक्रिय सहभागिता रहेको भन्दै श्रम मन्त्रालयले सम्मान गरेको हो।