क्यानडाको कोलम्बिया प्रान्तमा कन्सुलर सेवा शिविर सञ्चालन हुने भएको छ।
१५ र १६ फेब्रुअरीमा दुई दिन शिविर सञ्चालन हुने ओटावा क्यानडास्थित नेपाली दूतावासले जनाएको छ। हिन्दु बुद्धिस्ट फाउन्डेसन अफ क्यानडामा शिविर सञ्चालन हुनेछ।
शिविरबाट राहदानी नवीकरण, अधिकृत वारेसनामा तथा कागजात प्रमाणीकरण लगायत सेवा उपलब्ध हुने दूतावासले जनाएको छ।