कोरियामा ४० वर्षयताकै दोस्रो ठूलो भूकम्प, उद्वार जारि, क्षतिको विवरण आउन बाँकि


कोरियामा बुधबार अपरान्ह ५.४ रेक्टर स्केलको भूकम्प गएको छ। स्थानीय समय अनुसार २ बजेर ३० मिनेट जादा राजधानी सोलदेखि ३ सय किलोमिटर टाढा फोहान सहरलाई केन्द्र बिन्दु बनाएर गएको उक्त भूकम्प पछि लगातार पराकम्प आउने क्रम जारि छ।

भूकम्पको केही मिनेट मै पहिलो पराकम्प महसुस गरिएको थियो भने ३ बजेर ९ मिनेट जादा पुनः अर्को ३.६ रेक्टर स्केलको पराकम्प गएको कोरिया मेट्रोलोजीकल एड्मिनिस्टे्रसन (केएमए ) ले जनाएको छ।

भूकम्पको धक्का राजधानी सोल बुसान, उल्सान, जेजुलगाएत देशका अधिकांश स्थानमा महसुस गरिएको  कोरियाली संचारमाध्यमले जनाएका छन्।

भूकम्पले दर्जनौ भवन तथा गाडीमा क्षति पुर्‍याएको छ। भूकम्पको कारण घाइते भएका ७  जनालाई उद्वार गरिएको छ भने क्षतिबारे थप विवरण आउन बाँकि ‍छ।

सरकारले तत्काल उद्वारको लागि आपतकालीन हट लाइनको ब्यवस्था गरेको छ। सोलदेखि दक्षिण पूर्वी क्षेत्रको परमाणु ऊर्जा तथा औद्योगिक क्षेत्रमा भने कुनै क्षति नपुगेको जनाइएको छ।

कोरियामा सन् १९७८ यता गएको यो  दोस्रो ठूलो भूकम्प हो। यसभन्दा पहिला गत वर्षको सेक्टेम्बरमा ५.८ रेक्टर स्केलको भूकम्प गएको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.