चलचित्र लिलीबिलीको प्रिमियर जापानमा, प्रदिप र जसिदा जापान आउने


नायक प्रदीप खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘लिलीबिली’को प्रिमियर जापानमा हुने भएको छ।  यही अप्रिल १  आइतबार साँझ ६ बजे जापानको टोकियोस्थित नकानो जिरो हलमा प्रिमियर सो हुने भएको हो।

प्रिमियरमा सहभागी हुने नेपालबाट नायक प्रदीप खड्का र नायिका जस्ता गुरुङ आउने डेस्टिनी क्रियसनले जानकारी दिएको छ।

मिलन चाम्सको निर्देशन रहेको चलचित्र ‘लिलीबिली’लाई गोविन्द शाही र सुदिप खड्काले निर्माण गरेका हुन्।

चलचित्रको अधिकांश छायाङ्कन स्कटल्याण्डमा गरिएको छ। लिलीबिलीमा प्रदीप र जसिताको साथमा प्रियंका कार्की, अनुप विक्रम शाही लगायतका कलाकारको अभिनय रहेको छ।

यो चलचित्रको केही दिन अघि ट्रेलर रिलिज भएको थियो। उक्त ट्रेलरलाई दर्शकले निकै रुचाएका छन्।

नायक प्रदिप खड्का र नायिका जस्ता गुरुङले जापानका दर्शकसँगै चलचित्र हेर्ने भएका छन्। जापानमा प्रदशनको जिम्मा डेस्टिनी क्रियशनले लिएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.