चीनले एक घण्टामा ३५० किलोमिटर चल्ने रेल सेवा सुरू गर्दै


विश्वकै तीव्र रेलको सूचीमा चीनले पनि आफ्नो नाम समावेश गर्ने भएको छ। चीनले संचालन गर्ने उच्चगतिको रेल ३५० किलोमिटर प्रतिघण्टाको रफ्तारमा दौडने छ। यसको उच्च गति भने ४०० किलोमिटर प्रतिघण्टा हुनेछ।

यो रेल आगामी महिनादेखि संचालनमा आउने साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

यो रेलसन् २००८ मा पनि ३५० किलोमिटर प्रतिघण्टामै दौडाइएको थियो। तर, सन् २०११ मा दुई रेल ठोक्किएर दुर्घटना भएपछि ४० जनाको मृत्यु र १९१ जना घाइते भएका थिए। त्यसपछि यसको गति २५० देखि ३०० किलोमिटर प्रतिघण्टामा झारिएको थियो।

त्यसपछि पुनः सुरु गरिएको यो रेलको नाम ‘फक्सिङ’ राखिएको छ, जसको अर्थ पुनर्जीवन भन्ने हुन्छ।

अहिले बनाइएका सबै रेलमा उच्च प्रविधिको मनिटरिङ सिस्टम छ जसकारण आपत्कालिन अवस्थामा यो आफैं रोकिन्छ।
यो हिँड्ने लीक पनि पुनर्निर्माण गरी ४०० किलोमिटरको रफ्तार धान्ने बनाइनेछ।

चीनको सन् २०२० सम्ममा उच्चगतिको रेल सेवा ३० हजार किलोमिटर पुर्याउने योजना छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.