सिड्नीमा नेपाली संगीत महोत्सव


मुक्ति एण्ड रिभाईभलदेखि लाहुरे अनी नवीन के भट्टराई र कुटुम्ब एउटै मन्चमा

एक्सपर्ट एजुकेशनको प्रायोजन तथा नेपाल स्वायड ईन्टरटेनमेन्टको आयोजनामा सिड्नीको लुना पार्कमा नेपाल म्युजिक फेस्टीभल आयोजना हुँदैछ।

मुक्ति एण्ड रीभाईभल, चर्चीत गायक नबीन के भट्टराई, द एज ब्यान्ड, आशिष राना (लाहुरे) कुटुम्बले एकै स्टेजमा आफ्नो प्रस्तूती गर्ने भएका छन्।
सबै खाले नेपाली संगीतको फ़्यूज़न एउटै स्टेजमा ल्याउनु आफ्नो लागि गर्वको कुरा भएको एक्सपर्टका निर्देशक बद्री अर्यालले बताए।

लाहुरेको र्‍याप अनी नवीन भट्टराईको आधुनिक अनि कन्दराको संगीतसँगै मुक्ति एण्ड रीभाईभलको धमाका र एज ब्यान्डको मन्त्र मुग्ध गानाले सिड्नी नेपालमय हुने एक्सपर्टका अर्का निर्देशक सन्जिव शर्माले बताए।

कार्यक्रमलाई संयोजन गरेको नेपाल स्क्वायडका गगन बीडारीले विदेशमा बसेर नेपालका सबै खाले संगीत एउटै मन्चमा पस्किने यो माहोलमा सबैलाई सहभागी भएर सहयोग गर्न अनुरोध गरे।

कार्यक्रममा मुक्ति एन्ड रीभाईभलका मुक्ती साक्य, आशीष राना (लाहुरे) एज ब्यान्डका जीवन गुरुडले नेपाली संगीतका सबैखाले स्वाद एउटै मन्चमा पाउने मौका नगुमाउन दर्शकलाई आग्रह गरे।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.