गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको महासचिव पदमा खगराज गौतम (विश्वास) ले उम्मेदवारी दिएका छन्।
एनआरएनए जापानको प्रवक्ताको रूपमा कार्यरत गौतमले संस्थामा पारदर्शिता र जबाफदेही नेतृत्वको विकास र संस्थालाई संस्थागत रूपमा सञ्चालन गराउने उद्देश्यले सन् (२०२५-२०२७) को लागि एनआरएनए एनसीसी जापानको महासचिव पदमा उम्मेदवारी दिएको जनाए।
‘संस्थाको विधि, विधान र जापानको कानूनमा टेकेर यहाँ रहेका हरेक नेपालीहरूले विश्वास र भरोसा गर्न सक्ने एनआरएनए बनाउन म लागि पर्नेछु,’ उनले भने।
आगामी २ वर्षको कार्यकालमा एनआरएनए जापानलाई संस्थागत विकासको बाटोमा अघि बढाइ सामान्यभन्दा सामान्य व्यक्तिले पनि 'एनआरएनए जापान मेरो दुःखको पनि सुखको पनि नजिकको साथी' भन्ने धारणा विकास गराउने नै मेरो मुख्य उद्देश्य रहने छ,' गौतमले भने।
उनले आगामी २७ जुलाईमा हुन लागेको एनआरएनए जापानको १२ औं महाधिवेशनबाट नयाँ कार्यसमितिको महासचिव पदमा विजयी बनाउन जापानवासी सबै पञ्जीकृत सदस्यहरूलाई आग्रह गरेका छन्।
एनआरएनए केन्द्रका साथै एनसिसी जापानलाई पनि एकताबद्ध बनाउन आफूले सक्दो पहल गर्ने उनले बताए।