कसरी गरियो अमेरिकामा कलाकार माथी यौन दुर्व्यवहार?


अमेरिकामा दोस्रो पुस्ता की एक छोरी यौन उत्पीडनको शिकार भएकी छन। आफ्नो प्रतिभा देखाउने निक्की कार्की जस्ता धेरै यूवा पुस्ताहरु यस घटनाबाट बिचलित भएका छन। यस घटनाका कारण अत्याधिक तनावमा रहेकी यूवा गायीका निक्की कार्कीले आफ्नो पिडालाई सामाजिक सन्जालमा सार्वजनिक गर्दा समेत अमेरिकामा नेपाली समूदायको हक र हितका नाममा खोलिएका सस्थाहरु मौन रहनु लाई नेपाली समाजले आश्चर्यजनक रुपले हेरेको छ।

यस प्रकरणमा अमेरिकामा खुलेका नेपाली सामाजिक सस्थाहरुको मौनाताले सामाजिक सन्जालमा सस्थाहरु प्रती यूवा तथा अविभावकहरुले आक्रोस पोख्न शुरु गरेका छन। यूवा पुस्ताहरु बिच नेपाली सस्थाहरु प्रती बढदो वितृष्णा मा यस घटनाले थप प्रमाणित गरेको देखिदै छ। धेरै अविभावकहरु आफ्ना छोरा छोरीहरु नेपाली सस्था बाटै असुरक्षित भएको टिप्पणी गर्न थालेका छन।

गत सेप्टेम्वर १-३ सम्म सन्चालित अमेरिकाको नर्थ क्यारोलिना स्थित नासिया-अन्माको सन्युक्त सम्मेलनका लागी सास्कृतिक कार्यक्रममा आयोजकबाट निमन्त्रणा पाई  कार्यक्रमस्थल  पुगेकी गायीका निक्की कार्की माथि आयोजक सस्था नासियाका एक पदाधिकारीबाट नै यौन दुर्व्यवहार भएको घटना बाहिर आएको छ।

आयोजक सस्था-नासिया (नेप्लिज एसोसिएसन इन साउथ ईस्ट अमेरिका) का बर्तमान पदाधिकारी रहेका सुशिल नेपालले गायीका निक्की कार्कीलाई एयरपोर्ट देखी कार्यक्रम स्थल भित्र समेत पटक पटक यौन दुर्व्यवहार गर्न खोजेको ब्यहोरा युवा गायीका निक्कीले फेसबुक लाईभ मार्फत सार्वजनिक गरेकी छन। आफु प्रती दुर्व्यवहार भएको बारेमा कार्यक्रमका दौरान उपस्थित एक महिलालाई समेत निक्कीले जानकारी गराएको र आफु प्रती दुर्ब्यवहार भएको भनी बिहान सबेरै प्रहरीलाई बोलाएको समेत निक्कीले आफ्नो फेसबुक लाईभमा बताएकी छ्न।

आफु माथी यौन दुर्व्यवहार गर्न खोजेको घटनाका बारेमा आयोजक सस्थालाई समयमै बिस्तृत घटनाको बिवरण जानकारी गराएको र ईमेल मार्फत निज आरोपी सुशिल नेपालमाथि कारवाहीको लागी निवेदन दिएकोमा दुई हप्ता बिती सक्दा पनि हाल सम्म सस्थावाट कार्यवाही नभएकोले आफु बाध्य भएर सहयोग र सल्लाहका लागी  यस घटना लाई सार्वजनिक गर्नु परेको समेत निक्कीले आफ्नो फेसबुक लाईभमा बताएकी छन।

 

निक्की भन्छिननिज नेपालको सुनियोजित योजना:

 युवा गायीका निक्की कार्कीले आफ्नो फेसबुक लाईभमा खुलाएको घटना बिवरण अनुसार:

नासियाका बर्तमान पदाधिकारी सुशिल नेपाल सास्कृतिक कार्यक्रमको दिन बिहान ५ बजे लिन एरपोर्टमा पुग्छन र गायीका कार्कीलाई भन्छन – तिमी कसरी एयरपोर्ट बाट आयौ भनेर कसैले सोधेमा तिमीलाई लिन म आएको नभन्नु र आफु उबर, ट्याक्सीमा आएको भन्नु।

एरपोर्टवाट होटल पुगे पछी निज नेपालले निक्की लाई भन्छन – होटलमा अहिले चेक ईन गर्न मिल्दैन, आफु परिवार सहित रहेको बताई निक्कीलाई आफ्नो कोठामा लग्छन । कोठामा पुग्दा कोठामा कोही पनि नभएको र निक्कीलाई एउटै बेडमा सगै सुत्न भन्छन।

कार्यक्रममा निक्कीले आफ्नो प्रस्तुती दिइ सके पस्चात अन्य कलाका हरु सँग बसेको स्थानमा आई कोठामा गएर दुई जना बियर पिउ भन्ने आग्रह गर्दछ्न।

त्यस साझको सास्कृतिक कार्यक्रम सकिए पछी निज नेपालले निक्कीलाई राती ३ बजे चेक लिन आफ्नो कोठामा बोलाउछन।

यस प्रकार निज नेपालले आफु माथी शारीरिक सम्पर्क राख्ने सुनियोजित योजना बनाएको आफुले महसुस गरेकोले आफु डराएको र अशुरक्षित महसुश गरी उल्लेखित घटनाहरु सबै कार्यक्रम हेर्न आउनु भएकी एक महिला मार्फत जानकारी गराएको।

भोली पल्ट बिहान सो घटनाका बारेमा आयोजक सस्थाका पदाधिकारीहरु सँग मिटिङ बसी निज नेपालको नियतका बारेमा सबैलाई जानकारी गराएको समेत निक्कीले आफ्नो फेसबुक लाईभमा बताएकी छन।

नासियाको प्रतिकृया:

यस घटनाका बारेमा सस्थालाई जानकारी भएको र त्यस सम्बन्धमा गायीका निक्की कार्कीबाट दोषी उपर कारवाही गरी पाउनका लागी ईमेल मार्फत निवेदन प्राप्त भएको नासियाका अध्यक्ष माधव ढकालले सेतोपाटीलाई बताए। नासियाकाका नवनिर्वाचित अध्यक्ष माधव ढकाल भन्छन – हामी दोषीलाई कार्वाही गर्ने छौ तर बिधान अनुसार चल्नु पर्ने भएकाले प्रकृया पुर्याउन ढिला हुन गएको हो ।

निक्कि भन्छिनन्यायका लागी अदालत जानेछु

 उल्लेखित घटना घटेको दुई हप्ता बिती सक्दा पनि सस्थाले आरोपीलाई कारवाही गर्न ढिलाई गर्नुले घटनालाई लुकाउने प्रयास हुन सक्ने आसंका गरीदैछ ।यदी सस्थाले दोषी उपर कारवाही नगरेमा न्यायका लागी आफु सस्थाका बिरुद्द छिट्टै अदालत जाने समेत निक्कीले ईमेल मार्फत नासियालाई जानकारी गराएकी छन ।

यूवा गायीका निक्की कार्की माथी भएको यौन दुराचारको आरोपमा आरोपी माथी अबिलम्व कार्यबाही होस भनी उनको फेसबूक लाईभमा माग गरीएको छ । तीन लाख साठी हजार भन्दा बढीले हेरेको उनको फेसबूक लाईभमा १० हजार भन्दा बढीले लाईक गरेका छन भने २२ सयले सेय र गरेका र ३२ सयले कार्यावाहीका लागी कमेन्ट गरेका छन ।

अन्तमा, निक्की कार्की माथी भएको भनीएको यौन दुराचारको आरोपका बारेमा सेतोपाटीले आरोपी सुशिल नेपाललाई पटक पटक सम्पर्क गर्न प्रयास गरेकोमा निज सँग सम्पर्क हुन सकेन । पिडित निक्की कार्कीको आरोपको पुष्टीका लागी सम्म्वन्धित निकायले अबिलम्व कार्यवाही अगाडी बढाओस र भएको तत्य सत्य सार्वजनिक गरोस ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.