क्यानडामा आयोजित १७ औं हिमालयन मेला सम्पन्न भएको छ।
कार्यक्रममा १७ वटा सांस्कृतिक प्रस्तुतिहरू र ३ वटा ब्यान्डहरूले संगीत प्रस्तुत गरेका थिए भने १५ बढी संघसंस्थाहरूले सांस्कृतिक पोशाकमा सहभागी भएर सामुदायिक परेडमा भाग लिएर सांस्कृतिक विविधता झल्काएका थिए।
कार्यक्रममा क्यानडाका लागि नेपाली राजदूत भरत राज पौड्याल, प्रिमियर डग फोर्ड, टोरन्टो मेयर ओलिभिया चौ र सांसद सोनिया सिधुले बधाई सन्देशमार्फत् नेपाली समुदायप्रति शुभकामना व्यक्त गरेका थिए।
नेप्लिज क्यानडियन कम्युनिटी सर्भिसेस (एनसिसिएस) ले २५ औं वार्षिक उत्सव समेत पूरा गरेको अवसरमा आइतबार भएको कार्यक्रममा
गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाका अध्यक्ष जगन सापकोटा, कार्यक्रममा ग्लोबल एनआरएनएका सह-कोषाध्यक्ष अभिमन्यू बस्नेत, ओन्टारियो प्रान्तीय सांसद सदस्य डोली बेगम, टोरन्टो सिटी काउन्सिलर पार्थी कन्देवल लगायतका व्यक्तिहरूको उपस्थिति थियो।
हिमालयन मेला केवल सांस्कृतिक उत्सव मात्र नभई नेपाली समुदायको क्यानडाको बहुसांस्कृतिक समाजमा साझा पहिचान स्थापित गर्न पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
मेलाको सफलता निरन्तरता सुनिश्चित गर्न एनसिसीएसले आगामी वर्षहरूमा अझ प्रभावकारी योजना, सहयोगी समन्वय र व्यापक समुदाय सहभागितामा जोड दिने प्रतिबद्धता जनाएको छ।
-1754997900.jpg)
-1754997899.jpg)