सूचनाको हकमा प्रतिवन्ध लगाउने अधिकार तपाईँलाई कसले दियो महामहिमज्यू?


आफ्नो बारेमा लेख्न नैतिक हिसाबले गाह्रो विषय हो। सूचना सम्प्रेषण गर्ने भूमिकामा रहेका पत्रकार र सम्बन्धित संस्थानै सूचनाको अधिकारबाट बञ्चित हुनु पेशाकर्मीको लागि धर्मसंकटको विषय हो। र समाचार स्रोत व्यक्ति र संस्थाको नैतिक कमजोरी पनि हो। कुनै समाचार छ भने पाठक दर्शकका लागि पस्कनु पत्रकारका लागि कर्तव्य बन्छ।

सूचना या सूचनाको हक अधिकारलाई स्रोत व्यक्ति या संस्थाले लुकाउने या सिमित गर्नु अपराध हो। यस सम्बन्धि कानुनी पाटोमा अर्को पटक कुरा गरौंला, यस पटक सूचना जानकारी किन लुकाईन्छ या सूचनाको स्रोतले मिडियालाई किन स्किप गरिन्छ भन्ने विषयमा चर्चा गरौं। हिजो बिहिबार नेपाललाई अमेरिकी सरकारले सहयोग गरेको विषय खासै चर्चामा आएन, जुन समाचार मात्र होइन विशेष समाचार हो।

नेपालको गरिबी निवारण, सडक र विद्युतको विकासका लागि अमेरिकी र नेपाली अधिकारीबीच सम्झौता भएको छ। ५ सय मिलियनको हस्ताक्षर हुने औपचारिक कार्यक्रमको संयोजन डिसीस्थित दूतावासले संयोजन गरेको थियो। तर, यो समाचार पाउन पत्रकारहरुले सास्ती भोग्नु पर्‍यो। कार्यक्रमको निम्ता पत्रकारलाई दिईएन।

दूतावासले यसलाई जिम्मेवारीपूर्वक र नैतिकतापूर्वक पत्रकारहरुलाई बोलाएर समाचार लेख्ने अधिकार दिनुपर्थ्यो। नेपालबाटै सरकारी अधिकारीसँग आएका पत्रकारको उपस्थितिले कम्तिमा समाचारबाहिर आयो। भोलिपल्टै भए पनि अरुले पनि यसलाई समाचार बनाए। कम्तिमा पाठक दर्शकहरुको सूचना पाउने अधिकार सुरक्षित भयो।

अमेरिकामा अहिले नेपाली मुलका पत्रकारहरुको बाक्लै उपस्थिति छ। धेरैजसो पलायन जस्तै भएका देखिए पनि केही साथीहरू कृयाशिल नै छन्। एक दशकदेखि सञ्चालन भइरहेकादेखि नयाँ सञ्चालनमा आएका आधा दर्जन पत्रिकाहरु मात्रै छन्। त्यस्तै दर्जनौ अनलाईन सञ्चालनमा छन्। उत्तर अमेरिकामा रहेका पत्रकारहरूको संस्था नेपाल अमेरिका पत्रकार संघ, नेजा नै छ। डेढसयभन्दा बढी पत्रकारहरू आवद्ध संस्था र क्रियाशील मिडियाका साथीहरूलाई निम्ता त के केही सहभागीले सामाजिक सञ्चालमा फोटोहरू राखेपछि थाहा भयो।

यो विषयमा दूतावास र त्यसको नेतृत्वप्रति यहाँस्थित पत्रकारहरूले आपत्ति प्रकट गरे। स्वयम् यो स्तम्भकारलाई गुनासो पोखे।

पत्रकारहरूको संस्थाको नेतृत्व गरेका बेला यो विषयले मलाई पीडा दियो। मैले गुनासो सुनाउन फोन गरेँ दूतावासमा तर फोन उठेन। न्युयोर्कस्थित कन्सलेटका वाणिज्यदूतलाई फोन गरेँ। फोन नउठे पनि वाणिज्यदूत कृशु क्षेत्रीले मलाई प्रधानमन्त्री आउने सहभागी हुने कार्यक्रमको निम्ता फेसवुक पेजमा दिएँ। मैले गुनासो सुनाउनुपूर्व फकाउने हिसाबले निम्ता पठाइए दिए।

किनकि मैले धेरै पटक अनुराध गरेको छु सूचना पाउनुपर्ने कुरामा। उनको निम्ता मैले संस्थाको इमेलमा पठाइदिने अनुरोध गरे ताकी त्यसलाई सबै पत्रकार साथीहरुमाझ पुर्‍याउन सकियोस्। पत्रकारहरुको संगठनमा रहँदा यो कुराको बढी आवश्यकता हुँदोरहेछ। काम बन्दा सन्तुष्टि बढीसँगै प्रतिकुलतामा पीडा पनि डबल हुँदोरहेछ।

म आफैं एउटा पत्रकार र अर्को म पेशाकर्मीको प्रतिनिधिमूलक संस्थामा रहेको छु। शुरूआतदेखिनै नियोगदेखि कन्सुलेट र दूतावासका अधिकारीहरूसँग आपसी सम्बन्धको विषयमा अपडेट गराउने कोशिश गरिरहेको छु। तर यसमा आंशिक मात्र सफल छु। कार्यकालको शुरूवातदेखि नियोग र दूतावासमा औपचारिक छलफल भेटघाट राख्ने मेरो प्रयास अहिलेसम्म सफल भएको छैन।

राजदूतसँग हामीले धेरै पटक यसबारे अनुरोध पनि गरेका छौं। हामीले मात्र एकतर्फी फलोअप गरेका छौं। तर दूतावासका कार्यक्रम र संस्थागत भेटघाटको निम्तो हामीले विरलै पाएकाछौं। मलाई सम्झना छ मैरो कार्यकालको सुरूको एउटा बहसमा राजदूतलाई आमन्त्रण गरेका थियौ। त्यसपछिका राजदूत कार्कीले संस्थाको विशेष कार्यक्रम र बहसहरूमा आउँदा होस समुदायका कार्यक्रममा भेटिँदा मैले दूतावास र मैले प्रतिनिधित्व गर्ने संस्था नेजाको संस्थागत सम्बन्धको विषयमा दोहर्‍याउँदै ताजा गर्ने प्रयास गरिरहेको हुन्छु।

मलाई सम्झना छ एनआरएन अमेरिकाको टेक्सासमा सम्पन्न गएको साधारण सभाको क्रममा भेट भएका राजदूत कार्कीसँग संस्थाको तर्फबाट एकछिन अनौपचारिक भेट गरेर आफ्नो बारेमा बताएको थिए। त्यसपछि राजदूतलाई संस्थागत रूपमा भेटेर कुरा गर्ने अवसर अहिलेसम्म आएको छैनौं औपचारिक बोलावटको अभावमा।

धेरै साथीहरुले दूतावास र विशेषगरि नेतृत्वप्रति बढी नै गुनासो गरेको पाउछु। उदाहरण दिँदै पहिलेका राजदूतहरु राम्रा थिए।

कुनै सूचना पनि पाउन सजिलो थियो। भेटघाट पनि सहज थियो। अहिलेकाले त फोन नै उठाउदैनन्। यस्तै यस्तै। मैले यसप्रकारको समस्या नआओस भनेर संस्थागत भेटघाटको कोशिश गरेको हुँ। किनकी कुनै पनि विषयमा उठेका गुनासाहरू छलफल र भेटघाटले नै कम गर्न सकिन्छ नकि बेवास्ता गरेर। कम्युनिकेसन ग्यापले कहिलेकाँही नभएका समस्याहरु जन्माउँछ।

यसमा म भन्दा पाका र खारिएका सरकारी कर्मचारीहरुलाई थाहा नहुने कुरै भएन। विगतमा दूतावास र नेजाबीच संस्थागतरूपमा समझदारी पत्रमा हस्ताक्षर गरेर एउटा प्रयास पनि गरिसकिएको छ।

तत्कालिन राजदूत डा.शंकरप्रसाद शर्मा र नेजाका पूर्वअध्यक्ष पत्रकार आडछिरिङ शेर्पाले संस्थागत सम्वन्ध सुमधुर गराउने र खास सूचना र जानकारीलाई सहज गर्नेगरी समझदारी पत्रमा हस्ताक्षर गरिसकेका छन्। अहिले त त्यसलाई कायम गर्दै केही भए थप साझेदारी गर्ने र भएकोलाई ताजा गर्ने न हो। जसले संस्थागत सम्वन्ध सुमधुर भई सूचनामा सहजता र कम्तिमा प्रवासमा रहेका नेपालीहरुले सुविधा पाउन सजिलो हुन्छ। हैनभने दूतावास र विभिन्न नेतृत्वप्रति हेर्ने दृष्टिकोण फरक पर्दै जानेछ।

त्यसो त सरकारी सुविधामा आफूअनुकुल काम गर्न हाम्रो गुनासोले सरकारी अधिकारीहरुलाई त्यति फरक नपर्ला तर प्रवासको समुदायलाई गर्ने नैतिक डिलप्रति तपाईहरु जिम्मेवार हुनुपर्दछ।

तपाई हाम्रो र हामी तपाईँको रेफरेन्स हुनेभएकोले एकअर्काबीच सम्बन्ध पनि राम्रो हुनुपर्दछ। सुरूमा पदवहाली गर्दा नगर्दैका समुदायका कार्यक्रममा बाक्लो उपस्थिति देखिन्थ्यो राजदूत डा कार्कीको। उनले बोलेका कुराहरु यो पंतिकारले पनि सुनेको छु र केही रेकर्डहरू पनि होलान्। उनले आफ्नो भाषणमा भन्थेँ म त अस्थायी राजदूत हो यहाँ बस्ने तपाईँहरू देशको स्थायी राजदूत हो।

वोल्न सिपालु उनले प्रवासबाट देशलाई सिकाउनुपर्छ भन्दै बोल्थे। तर त्यो कुरामा आफैं चुकेको अर्को पछिल्लो घटना हिजोको डिसीस्थित कार्यक्रम हो। म स्वयम्‌लाई राजदूतको गुनासो अपत्यार लाग्थ्यो शुरूमा।

तर अहिले मलाई उनको कामप्रति शंका शुरू भएको छ। हिजो केही साथीले भने राजदूतले गएको भूकम्पमा उठाएको रकम हिनामिना गरेको समाचार आएपछि पत्रकारसँग लगभग उठबस बन्द छ।

आफ्नो बारेमा सकारात्मक कुरा गर्ने र लेख्ने पत्रकारहरुसँग मात्र उहाँको भेटघाट हुन्छ। यदि यो भइरहेको भए गम्भीर आपत्तीको विषय हो। त्यसै त यो प्रवृत्ति यताको समुदायमा हावी देखिन्छ। आफू अनुकुलताका पत्रकारहरुलाई बोलाएर सार्वजनिक विषयलाई आफू अनुकुल लेख्ने र लेखाउने प्रवृत्ति हाम्रो समाजको दूर्भाग्य बनेको छ।

भूकम्प, बाढी पहिरोका लागि उठाईएका रकमहरू हिनामिनाका घट्नाले समाजलाई दूषित बनाईरहेको छ। अभिभावकको ठाउँमा बसेर यसप्रकारका विषयमा समाधान खोज्नु साटो पत्रकारहरुसँग दूरी बढाउनु सकारात्मक लक्षण होइन। हामीमध्ये कोही पेशाकर्मीहरू पनि यसमा चुक्यौ होला।

चाकडी अपनाएर केही साथीहरूले पेशाको मिसरेप्रिजेन्टेसन गरेका पनि होलान् र गरिरहेका पनि होलान्। तर सूचनामा पत्रकारहरुलाई पहुँच नदिनु नैतिक कमजोरी हो। सूचना सहज र सवैको पहुँमा पुग्नुपर्छ।

हामीले लेख्ने र समाचार स्रोतको रुपमा समाचार दिने तपाईँको कर्तव्य हो। यहाँस्थित सरकारी निकाय त हाम्रा लागि सूचनाको प्रमुख स्रोत हो। हिजो बिहिबारको कार्यक्रमको संयोजनकारी भूमिकामा रहेको दूतावासको कमजोरी या गैरजिम्मेवारी?

त्यसो त दूतावासले पत्रकारहरुलाई थाहा यस प्रकारको विषयलाई दूतावासले पत्रकारहरुलाई अन्तर्राष्ट्रिय महत्वको विषय हो।

सर्वसाधारणको सूचनाको हकको विषयमा स्वयम् पत्रकार र पत्रकारहरुको संगठन बेखबर हुनु सामान्य विषय पनि होइन। सूचनाको स्रोतको भूमिकामा रहेका व्यक्ति अर्थात सम्बन्धित निकायको नैतिकता नहुँदा सूचना हकबाट पत्रकार मात्र होइन अन्तत्वगत्वा सर्वसाधारण बच्चित हुनु हो।

सार्वजानिक सूचना सूचनाको हकबाट बञ्चित हुने अवस्थालाई म स्वयम् एक पत्रकारको परिचय र डेढ सय भन्दा बढी अमेरिकामा रहेका पत्रकारहरु र उनीहरुको पेशालाई प्रतिधिनित्व गर्ने संस्था नेपाल अमेरिका पत्रकार संघको अस्तित्वलाई वेवास्ता गर्नु हो भन्ने वुझिन्छ।

त्यसैले अमेरिकास्थित सरकारी अधिकारीज्यूहरू विशेष गरी राजदूतज्यू आउनुहोस् यी सवै विषयमा छलफल गरौं। यसमा ढिला हुनु भनेको तपाईँ प्रतिका गुनासाहरुले भरिएका समाचार विचार आईराख्नु हो। तपाईँले पहल गर्नुभएका राम्रा कामको विषयमा पनि समाचार लेख्ने मौका त दिनुहोस्।

आचार्य उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारहरुको संस्था नेजाका अध्यक्ष हुन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.