‘निर्वाचन कमिटिको परिणाम मलाइ मान्य छैन’ रविना थापा


निर्वाचन कमिटीले घोषणा गर्नु भन्दा १२ घण्टा अगाडी सार्वजानकि भएको एनआरएन अमेरिकाको निर्वाचनको परिणाम नै निर्वाचन कमिटीले फेरी सार्वजानकि गर्ने हो भने आफुलाइ स्वीकार्य नभएको अध्यक्षकी उम्मेदवार रविना थापाले बताएकी छन। ‘निर्वाचन सकिएको केहि मिनेटमै सार्वजानिक भएको यो परिणाम मलाइ स्वीकार्य छैन। म लगायत मेरा धेरै साथीहरुका लागी यो निर्वाचनको परिणाम मान्य छैन।’

निर्वाचन कमिटीले निर्वाचन परिणाम अहिले सम्म सार्वजानिक गरेको छैन।

निर्वाचन कमिटीले निर्वाचनको परिणामको घोषणा गर्नु भन्दा अगाडी नै अध्यक्षकी प्रत्यासी रविना थापाले यस्तो बताएकी हुन। निर्वाचन गर्ने अवधी सकिए १० मिनेटभित्रै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका को निर्वाचनको परिणाम बाहिरीएको थियो।

‘जित्ने आधार नै नभएकाहरुले जितेको देखाएको छ’ भन्दै रविना थापाले यो निर्वाचनको नतिजा स्विकार्न नसक्ने सार्वजानिक गरेकी छन। भोटिङको समय सकिएपछी बाहिरीएको नतिजाप्रति संका भएको भन्दै सफ्टवयर र निर्वाचन कमिटीप्रति पनि आफ्नो बिश्वास नरहेको रविना थापाले बताएकी छन।

निर्वाचन कमीटीले अर्कै कम्पनीसँग सम्झौता गरेर पुन निर्वाचन गरीनु पर्ने माग राख्दै अहिलेको निर्वाचनको परिणालाइ छानविन गर्ने पर्ने र तत्काल परिणाम घोषणा नगर्न समेत थापाले माग गरेकी छन। एनआरएन अमेरिकाको आगामी नेतृत्वका लागि मंगलबार र बुधबार  निर्वाचनको भएको थियो।

बाहिरीएकफ यो नतिजा अनुसार  डाक्टर केशव  पौडेल अध्यक्षमा विजयी भएका छन्।  डा. पौडेलले ४२२९ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वन्दी रबिना थापाले ३०८५ ल्याएकी छिन्।  अध्यक्ष पदका अन्य दुई उम्मेद्वारहरु मध्य टेक्सासका राम पोख्रेलको जम्मा ९६४ मत खसेको छ भने कृष्ण पोख्रेललाई ७८३ मत मात्र खसेको देखाएको थियो।

एनआरएन अमेरिकाका एक सदस्य प्रतीक सुबेदीले करिब अन्तिम समयमा आफ्नो मत खसाले पछि ‘इलेक्सन बडी.कम’, मत खसाउनका लागि प्रयोग गरिएको वेब पेज, ले उनको मत खसेको पुष्टि गर्दै परिणाम हेर्नका लागि समेत एक लिंक उपलब्ध गराएपछी सेतोपाटीले समाचार प्रसारण गरेको थियो।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.