न्युयोर्कका दानवीर नेपाली मनहरु


पैंसाले कसैलाई पुग्दैन। अझ रकम जति धेरै भयो, त्यति धेरै समस्या र कामहरु थपिदैं जान्छ।  क्रिष्टियन, इसाई, हिन्दू र बौद्ध धर्मले पनि कमाएको केही रकम परमात्मा, गरिब र दिन दुःखीको सहयोगमा खर्च गर्न सकिएमा त्यो नै सबैभन्दा ठूलो धर्म हो भन्छ। साच्चिनै हाम्रा धर्मले मानिसलाई अनुशासित बनाउने मात्र हैन, समाज र परिवारप्रति उत्तरदायी पनि बनाएको छ। त्यसैको पछिल्लो उदाहरणको रुपमा,न्युयोर्कमा सञ्चालन भईरहेको श्रीमद्भागवत महापुराणमा देख्न सकिन्छ।

विश्वकै सक्तिशाली देश अमेरिका। अझ अमेरिकाको न्युयोर्क शहर त विश्वको राजधानी नै हो। ‘बिग एप्पल’को रुपमा चिनिएको न्युयोर्कबाट र्नै विश्व अर्थतन्त्रको लेखाजोखा हुने गर्दछन्। विश्वको महंगो शहर मध्यको एक, हो यो मायावी शहर। अमेरिकाको न्युयोर्क शहरमा बसाई निकै महंगो छ। यो ‘ड्रिम ल्याण्ड’मा बस्ने मानिसहरु  काममा २४ घण्टानै ब्यस्त हुन्छन्। अमेरिकाको अन्य राज्यको तुलनामा निकै ‘फास्ट’ छ न्युयोर्कको जीवन शैली। यो शरमा समय र पैसाको निकै महत्व छ। तर, यो शहरमा बस्ने केही नेपालीले भने समय, पैंसा भन्दा पनि संस्कृति, समुदाय र समाजको हितलाई महत्व दिएर उदाहरण प्रस्तुत गर्नुभएको छ।

न्युयोर्कको ज्याक्सनहाईटस्थित सत्य नारायण मन्दिरमा रिजउड नेपाली समाजको आयोजनामा भइरहेको महापुराणमा केही ब्यक्तिहरुले ठूलो रकम सहयोग गरी ठूलो मन देखाउनुभएको छ। बिदेशमा पैसा कमाउन त्यति सजिलो छैन। दिनरात घण्टा हानेर कमाएको रकम पनि नेपाली र नेपाली समुदायको लगि हितको लागि दान गर्ने  ती समाजसेवीहरु अन्य समाजका लागि आदर्शका पात्र भएका छन्।

हाम्रो समाज अहिले एकल काट्टे भएको छ। धेरैले ‘म’ भनेर आफ्नो लागि मात्र सोच्ने गर्दछन्। तर, त्यस्ता समाजका लागि न्युयोर्कका राजेश भट्ट्, सुर्य लम्साल, रमेश श्रेष्ठ, जनक भण्डारी, सुमन शाह, मोहन ज्ञवाली, खगेन्«द क्षेत्री, केशव सेडाईजस्ता दानवीररु प्रवासी नेपाली मञ्चजस्तो संस्थाहरु उदाहरण भएका आएका छन्।

विश्वको राजधानी न्युयोर्कमा नेपालीको आफ्नै मन्दिर छैन। ठूलो संख्यामा नेपालीहरुको बसोवास रहेको न्युयोर्कमा सामुदायिक भवन र मन्दिर नहुदा धेरै समस्या भागेका गुनासो आइरहेका छन्। त्यस्तो अबस्थामा न्युयोर्कमा नेपालीको आफ्नै मन्दिर तथा सांस्कृतिक केन्द बनाउने महान् उदेश्यका साथ रिजउड नेपाली समाजले न्युयोर्ककले आयोजना गरिरहेको श्रीमत्भागवत् महापुराणमा ठूलो रकम सहयोग गरी यो महान् कार्यमा हौसाला दिने काम गर्नुभएको छ केही नेपालीले। निकै पारिश्रमिक गरेर कमाएको पैसा ब्यापर ब्यसायमा लगाउने, परिवारको लागि जम्मा गर्ने, घर, जग्गा जोड्ने र  बुढेशकालको लागि थुपोर्न भन्दा पनि समाज र समुदायको लागि दान गर्ने एउटा परिपाटीको शुरुवात पनि भएको विदेशमा।

दश लाख डलर संकलन गर्ने उदेश्यसहित पण्डित दिनबन्धु पोखरेलद्धारा वाचन भइरहेको महापुराणमा रिजउड नेपाली समाजका उपाध्यक्ष समाजसेवी राजेश भट्ले र सुनिता भण्डारीले ७५ हजार डलर सहयोग गर्नुभएको छ। त्यस्तै, रिजउड नेपाली समाजका संस्थापक उपाध्यक्ष सुमन शाह र रम्बीका उलकले ५१ हजार १११ डलर,  रिजउड नेपाली समाजका संस्थापक अध्यक्ष तथा बरिष्ठ समाजसेवी मोहन ज्ञवाली तथा रिना ज्ञवालीले ५० हजार ००१ डलर,  बरिष्ठ अधिवक्ता खगेन्द क्षेत्री ३५ हजार डलर, अधिवक्ता केव शेडाईले ३५ हजार डलर सहयोग गरी नेपालीको समुदायिक भवन र मन्दिर बनाउने कार्यमा जग हाल्ने काम गर्नुभएको छ। यो महान् कार्यमा प्रवासी नेपाली मञ्चले १ लाख ११ हजार १११ डलर सहयोग गरी इटा थप्ने काम गरेको छ।

एकताले नै हरेक कार्य सम्पन्न हुन्छ\। न्युयोर्कमा मन्दिर तथा सामुदायिक भवन मात्र हैन अरु यस्तै समाजका लागि आबश्यक काममा हामी पनि एकजुट हौ। जसले ठूला र असम्भव कार्य पनि सम्भव बनाउछ। अमेरिकाको न्युयोर्क शहरमा मात्र हैन तपाई हामी नेपाली समाज र समुदायको हितको लागि आफू बसेको गाउँ र राज्यमा  आजै देखि कुनै न कुनै स्तरमा काम गर्न आजै देखि लाग्ने हो की?

 

 

 

 

 

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.