अमेरिकामा निकालिएको जुलुसमा कार आक्रमण, १ को मृत्यु १९ घाइते


अमेरिकाको भर्जिनियास्थित सर्लोट्सभिलमा जुलस निकाल्न तयारी गरिरहेका बेला जुलुसमा अन्धाधुन्ध गरिएको कार आक्रमणमा १ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।

अप्रत्यक्ष रूपमा रिपब्लिकन समर्थक मानिने ‘ह्वाइट नेसनलीष्ट’हरुद्वारा निकाल्न तयार पारिएको जुलुसमा बिरोधी पक्षले बिरोध जनाएपछि दोहोरो हानाहान हुँदै गरेको जुलुसमा एक जना चालकले अन्धाधुन्ध गाडी चलाएपछि एक जनाको मृत्यु भएको हो।

अमेरिकाको गृहयुद्वका वेलाका कमाण्डर रव इ लीको सालिक हटाउने बिल गएको अप्रिलमा संसदले पास गरेयता निकालिएको तेस्रो बिरोध र्‍यालीमा सालिक हटाउने पक्षधरसँगको झडपबिच कार आक्रमण गरिएको थियो।

जुलुसको बिचमा हाइस्पिडमा चलाइएको गाडीले एक जनालाई कुल्चेर अगाडि बढेको थियो। सुक्रबार रातिबाट सुरु भएको बिवाद शनिबार बिहान हिंसामा परिणत भएको थियो। ‘यस्ता हिँसालाई अमेरिकामा स्थान छैन। हामी सबै यसका बिरुद्द एक जुट हुनै पर्छ। यसमा जो संलग्न भएपनि उसलाइ कडा कारबाही गरिने छ,’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।

आक्रमणकारीलाई प्रहरीको नियन्त्रणमा लगिएको छ। विस्तृत विवरण बाहिर ल्याइएको छैन। भर्जिनियाको सर्लोटक्षेत्रमा आपतकालिन स्थितिको घोषणा गरिएको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.