समानान्तर एनआरएन अमेरिका गठनको सम्भावना

समानान्तर एनआरएन अमेरिका गठनको सम्भावना




गैरआवासीय नेपाली संघ अमेरिकाको निर्वाचनमा गुट उपगुट सहितको चरम बिवादले यस सस्थाको साख गिरदो छ। यस्तै समूहगत र संगठित समूहहरु कहिले आफ्नो पारिवारिक सम्पती सरह, कहिले नेपालको कुनै राजनितिक दलको झोले कार्यकर्ता सरह त कहिले एनआरएन आईसिसिको चपराशी सरह ब्यबहार गरी दिदा एनआरएन अमेरिकाको अस्तित्व नै संकटमा परेको छ।

एनआरएन अमेरिका भित्रको घिनलाग्दो गुटबन्दी

अर्को कार्यकालका लागी एनआरएन अमेरिकाको अध्यक्षका लागी प्रत्यासीहरु डा केशव पौडेल र गौरी जोशीका बिच नै प्रमूख प्रतिस्पर्धा हुने निश्चित छ। दुबै प्रत्यासीहरुले आफ्नो समूह बनाएर प्रचार अभियानलाई तिब्र पारेका छ्न। अझ , अध्यक्षकालागी प्रत्यासीहरु बाहेकका उम्मेदवारहरु भने कस्ले शक्ती केन्द्रको आशिर्बाद पाएको छ र जित्न सक्छ वा कसको पल्ला भारी छ च्याखे थाप्दै आफु त्यही समूहको भनी छातीमा फोटो टासेर निर्लज्जापुर्वक फेसबुके प्रचार अभियानमा देखीएका छ्न।

नेपाली राजनितिक दलको झोला नवोक्नुस, गुटवन्दि नगर्नुस, एनआरएनलाई साझा चौतारि वनाऔ भनी प्रत्यासीहरुलाई खवरदारी गर्दा उनीहरुलाई ज्वरो आउछ। आत्मै देखी भन्नुस्, के एनआरएन अमेरिका साँच्चै ठिकठाक चलिरहेको छ भनेर सोध्दा गर्वका साथ भन्छन –   एकदम ठिकठाकै चलेको छ्, नत्र हेर्नुस कसरी दश हजारबाट चौध हजार सदस्य भए भन्ने जवाफ दिन्छ्न। तर, किनेर बनाईएको सदस्यका बारेमा भने कुनै जवाफ नै छैन, एनआरएन भित्र तै चोर, मै चोरको अवस्था छ।

प्यारालाईज बनाईएको एनआरएन अमेरिका

एनआरएन अमेरिकाको अध्यक्षमा उम्मेदवारी दिएका गौरीराज जोशीको नाम उम्मेदवारको नामावली सूचीमा अझै पनि प्रकाशित नभए पछी अमेरिकाका प्रवासीहरुले चर्को बिरोध गरी रहेका छ्न। निर्वाचन कमिटीले एनआरएन आइसिसिको निर्णय अनुसार जोशीको नाम हटायो भन्ने आरोप समेत लागेको छ। निश्पक्ष रहेको निर्वाचन आयोगलाई नै एनआरएन आईसिसिबाट दिनहु आउने आदेसामूलक पत्रचार मार्फत हस्तक्षेप हुने गरेको बुझिएको छ।

एनआरएन आइसिसिका प्रभावशाली पदाधिकारीहरु एनआरएन अमेरिका भित्र सधै किचलो सृजना गरेर आईसिसिमा रजाई गर्ने चाहना राख्दछन। एनआरएन आइसिसि भित्रको समूहले आफ्नो अभिष्ट पुरा गर्न अमेरिकामा दर्ता भएको सस्था- एनआरएन अमेरिकालाई आफ्नो समूहको अनुकुल हुने गरी नियन्त्रण गर्नका लागी बिधी र बिधान बिपरित निर्देशन दिने गरेको ज्वलन्त उदाहरण बर्तमानमा अध्यक्ष पदका प्रत्यासी गौरी जोशीलाई उम्मेदवार हुनबाट रोक्न खोज्नु नै हो।

बिबाद र छलफल हुनु र समाधानका बाटाहरु खोज्नु प्रजातान्त्रिक पद्दति भित्रका पाटा हुन, तथापी लामो बिबाद र जुगाको लडाईमा समय दिनु भन्दा एनआरएन अमेरिकाले आफ्नो सस्थाको बिधानलाई बिवादरहित बनाउनु उचित हुनेछ।

अत्यन्त बिबाद र किचलोका बिच एनआरएन अमेरिकाको आगामी कार्यकालका लागी हुने निर्बाचन समेत प्रभावित भएको बर्तमान अवस्थामा आपसी स्वार्थ र मनमुटाबले एनआरएन अमेरिकाको सेवा भावमा ह्रास आएको छ, सस्था बदनाम हुन गै नेपाली भाषी बिच यसको महत्व र आस्था माथि अविश्वास सृजना हुन गएको छ।

एनआरएन अमेरिकाका लागी अध्यक्ष पदका प्रत्यासी डा केशव पौडेल र गौरी जोशी बिच ऐले स्पष्ट रुपमा दुई समूह देखिएको छ। डा पौडेल समूह आफ्नो पुरा शक्तीको प्रयोग गर्दै जोशीलाई यस निर्वाचनमा अध्यक्ष पदका लागी अयोग्य साबित गर्न कम्मर कसेर लागी परेको छ। त्यस्तै, एनआरएन आइसिसिका तर्फबाट अमेरिकाका कोर्डिनेटरहरु पनि जोशीलाई पाखा लगाउने कार्यमा खुलेरै लागेका छ्न। यसै तानातानी र षणयन्त्रका बिच अमेरिकामा दर्ता भएको एनआरएनको बिधान बिपरित जोशीलाई उम्मेदवार दिईएन भने एनआरएन अमेरिका फुटन सक्ने सम्भावना प्रवल छ।

एनआरएन अमेरिकाको अस्तित्व संकटमाकानूनी लडाई आवस्यक

सस्थाको बिधान छ, तर दुख लाग्दो कुरा के छ भने आफु अनुकुल हुने गरी संसोधन गर्ने काईते परिपाटीले यस सस्थालाई सधै बिवादित बनाउदै आएको छ। कुनै बिवाद भएमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समिति (एनआरएन आइसिसी) को निर्देशन लिने भन्ने छ। अमेरिकामा दर्ता भएको सस्थाले आफ्नो विधानको भावना बिपरित हुने गरी अर्कै मुलूकमा दर्ता भएको सस्थाको निर्देशन कसरी मान्न सक्छ?  यसैको टेकोमा चढेर आईसिसिले एनसिसि माथी दादागिरी देखाएको प्रष्ट हुन्छ।

त्यस्तै, एनआरएन आइसिसि भित्रका समूह तथा उप समूह लगायत अमेरिकाका लागी आइसिसिका कोर्डिनेटहरुको ठाडो हस्तक्षेपको सिकार हुन पुगेको एनआरएन अमेरिकाले आफ्नो अस्तित्वका लागी अव कानूनी उपचार खोज्नै पर्दछ। यसै षणयन्त्रका बिच अमेरिकामा दर्ता भएको एनआरएनको बिधी र बिधान बिपरित जोशीलाई उम्मेदवार दिईएन भने एनआरएन अमेरिकाको अस्तित्व रक्षाका लागी गौरी जोशी अदालत जानु पर्ने तर्क अत्याधिक प्रवाशीहरुको छ।

आईसिसीको हस्तक्षेपसमानान्तर एनआरएन अमेरिका गठन हुन सक्छ

एउटा बिधी हुन्छ अर्को बिधान। दुबै तर्फ ब्यबहारीक रुपले हेरिनु पर्दछ। गौरी जोशी अध्यक्षका लागी योग्य हुन वा हैनन भन्ने यकिन गर्न आइसिसिले आयोग गठन गर्नु नै अमेरिकाको एनआरएन माथीको ठाडो हस्तक्षेप हो, सस्थाको अस्त्तित्व माथीको प्रहार हो। अत: यो छिनोफानो नहुन्जेल सम्मका लागी कानूनी परामर्स वा कानूनु उपचार लिदै आगामी अगस्ट ११-१२ मा तोकिएको निर्वाचन केहि महिनाका लागी सार्नु नै सर्वोत्तम हुनेछ। अन्यथा ,गौरी जोशीका लागी समानान्तर एनआरएन अमेरिका गठनको बिकल्प हुने छैन।

रोग एउटा, औषधी अर्कै

यती बेला अमेरिकाको प्रमूख राज्यहरुमा एनआरएन अमेरिकाको आसन्न निर्वाचनका लागी प्रचार मूखी अन्तरक्रीया कार्यक्रमहरु हुँदै छन। लाग्दछ्, एनआरएन अमेरिका एकदम ठिकठाक छ र चुनावका लागी तयार छ। तर , त्यो एकदम गलत र गैर जिम्मेवारीपूर्ण सोच हो। यहाँ चिन्ताको बिषय नै एनआरएन माथीको हस्तक्षेप र यस सस्थाले गुमाउन लागेको आफ्नो अस्तित्व को हो।

एनआरएन अमेरिकाको रोग एउटा छ, तर अध्यक्षका प्रत्यासीहरुका बिचमा अन्तरक्रीया गराएर गलत औषधी दिने प्रयास किन हुँदैछ? एनआरएन अमेरिकाको अस्तित्व नै संकटमा परेका बेला एनआरएन अध्यक्षका प्रत्यासीहरुसँगको भावी कार्यक्रमका बारेमा अन्तरक्रियाको कुनै अर्थ छ र? बरु, बिग्रदो बर्तमान अवस्थामा केन्द्रीत भएर दबाब मूलक कानूनी बहस छलफल चलाउदा पो लाभकारी हुन्छ।  अनावश्यकको अन्तरक्रिया रोक्दै संकटमा फसेको एनआरएनलाई संकटमुक्त गर्न दवाबमूलक वहसको आवस्यकता।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.