न्युयोर्कमा यसपालि तमु ल्होसार भव्यताका साथ मनाइएको छ।
गत शनिबार न्युयोर्क स्थित टिबेटन कम्युनिटी सेन्टरको हलमा तमु परिवार न्युयोर्कले हि ल्होको बिदाइ र मुप्ह्री ल्होको स्वागतमा तमु ल्होसार तथा सांस्कृतिक साँझ २०८०को आयोजना गरी ल्होसार पर्व मनाएको हो।
कार्यक्रममा चर्चित गायिका तृष्णा गुरुङले प्रस्तुति दिएका थिइन्। यस्तै न्युयोर्कमा बसोबास गर्ने समाजका तर्फबाट गुरुङहरुको मौलिक नृत्य घाँटु नाचको प्रत्यक्ष गीत समेत देखाइएको थियो।
हरेक वर्ष ल्होसारको अवसरमा गुरुङहरुको मौलिक परम्पराको संरक्षण गर्ने उद्देश्य स्वरूप समाजले विभिन्न मौलिक नृत्य तथा गीतसंगीतसहितको सांस्कृतिक कार्यक्रम गर्ने गरेको समाजका अध्यक्ष मनिता गुरुङले बताइन्।
गत वर्ष तमु परिवार न्यूयोर्कले कृष्ण चरित्र नाच लाईभ प्रस्तुत गरेकोमा यस वर्ष घाँटु नाचलाई लाईभ प्रस्तुत गरेको घाँटु गुरू लाल बहादुर गुरूङले बताउनु भयो । कृष्ण चरित्र र घाँटु नाचलाई लाईभ प्रस्तुत गर्ने संयुक्त राज्य संघमा तमु परिवार न्युयोर्क पहिलो संस्था भएको उनले बताए ।
यसपटक अमेरिकामै जन्मे हुर्केका साना नानीहरुलाई घाँटु सिकाएको र उनीहरुले आफ्नो संस्कृतिप्रति चासो देखाएर घाँटुसरी बन्न तयार भएकोमा खुशी लागेको घाँटु गुरु मानित गुरुङले बताए।
तमु गुरुङ समुदायसंग आफ्नो मौलिक परम्परालाई यसरी जगेर्ना गर्दै ल्होसार पर्व मनाउन पाएकोमा गायिका तृष्णा गुरुङले खुशी व्यक्त गरिन्।
तस्विरहरूः
\