नेपालका पूर्व प्रधानसेनापति रूक्मागत कटुवाल अफगानिस्तानबाट सेना हटाउने निर्णय अमेरिकी सरकारको आफ्नो अधिकार भएको बताएका छन्।
एक साता अमेरिका भ्रमणका क्रममा न्युर्योक आईपुगेका कटुवालले तालिवानहरूको सत्ता कव्जाको कदम अफगानिस्तामै सिमित हुनुपर्ने बताए।
तालिवानको सत्ता कव्जाले विश्व लोकतन्त्र र मानव अधिकारमाथि धावा बोलेको अफगानी जनताको मानव अधिकारप्रति विश्वभरिको आँखा लगाईरहेको बताउँदै अफगानिस्तानमा शान्ति वहाली अपरिहार्य भएकाले यसमा विश्व जगत एक हुनुपर्ने बताए।
यसैबीच कटुवालले राष्ट्रिय सर्वोभौमिकतामा आँच नआउने गरि अमेरिकी सहयोग एम.सी.सी लागू गर्नुपर्ने बताए।
नेपाल र अमेरिका बीचको सम्वन्धमा दरार आउने गरि टिका टिप्पणी गर्न नहुने भन्दै उनले राष्ट्रको वृहत्तर हित र विकासका लागि एम.सी.सी आवश्यक रहेको बताए।
विगत पैतिस वर्षदेखि अमेरिकी परराष्ट्र नीति अध्यागमनलाई नजिकबाट निहालीरहेका अमेरिकी अदालतका सुपर लयर खगेन्द्र क्षेत्रीले न्युर्योकमा आयोजित एक कार्यक्रममा वोल्दै एमसीसी अमेरिकी सहयोग नेपाली जनताको जीवनस्तर माथि उठाउनका लागि उपयोगी हुने दाबी गरे। उनले अमेरिकी सरकारको बीना स्वार्थ गरिएको यस्तो सहयोगलाई कसैले अतिरन्जित तरिकाले प्रचार गर्न नहुने बताए।
‘एमसीसी सहयोग हो, अमेरिकाले आफैं आफ्ना कर्मचारी खटाएर निमार्ण गर्ने विसुद्ध सहयोग हो। त्यसैले यहाँ भ्रष्टचारको कुनै गुन्जाहिस छैन। एमसीसी माथि राजनीति नहोस्’, उनले भने।