अमेरिकाको अलास्का राज्यमा ७ म्याग्निच्यूडको भूकम्प गएको छ।
भूकम्पको कारण ठूलो भौतिक क्षति भएको छ तर मानवीय क्षति भने भएको छैन। भूकम्प अलास्का राज्यको सबैभन्दा ठूलो सहर एकोंरेजको ११ किलोमिटर उत्तरलाई केन्द्रबिन्दु बनाएर गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।
भूकम्पका कारण सो क्षेत्रका सडकहरूमा भने ठूला ठूला चिरा परेका छन्। भूकम्पपछि ठूला ठूला पराकम्पनहरू पनि गइरहेका छन्। त्यसमा पनि १० वटा पराकम्प ४.० म्याग्निच्यूडभन्दा माथिका छन् भने ३ वटा पराकम्प ५.० म्याग्निच्यूडभन्दा माथिको रहेको अलास्का अर्थक्वेक सेन्टरले जनाएको छ।
भूकम्पपछि सुनामीको चेतावनी दिए पनि अहिले सुनामी आउने कुनै खतरा नभएको बताइएको छ। भूकम्प र सुनामीको पूर्वानुमानले स्थानीय त्रसित भएका छन्।