भुजुङ लमजुङ जिल्लाको क्होलाँ सोथर गाउँपालिका ४ मा पर्ने चर्चित पर्यटकीय स्थल हो।
भुजुङ भन्ने बित्तिकै एकै प्रकारको घर, समुदाय र संस्कृति भएको पर्यटकीय गाउँ भन्ने सबैको मनमा आउने गर्छ। हिजोआज स्वदेशी पर्यटकको लागि यो पहिलो रोजाइमा पर्ने ठाउँ पनि हो।
गुरूङ संस्कृति, संस्कार र यहाँको प्रकृतिले सबैलाई लोभ्याउने गरेको छ। भुजुङ पुग्ने जो कोहीले घुमाउने घरको फोटो खिचेर राख्ने गर्छन्। यो परम्परागत घर भुजुङ गाउँकै पर्याय बनेको छ। तर धेरैलाई लाग्न सक्छ यो घरभित्र के छ?
यो भुजुङ गाउँमा रहेको तमु गुरूङ समुदायको एउटा संग्रहालय हो। हुन त भुजुङ गाउँ आफैमा एउटा संग्रहालय हो। यहाँ यस्ता पुराना मौलिक घरहरू प्रसस्तै छन् तर यो घरकै फोटो धेरै देखिने हुँदा यो कौतुहलता विषय बन्न सक्छ।
भुजुङ गाउँ छिर्नेबित्तिकै देखिने यो घुमाउने घरभित्र गुरूङ समुदायसँग सम्बन्धित विभिन्न मौलिक सामग्रीसँगै तमु गुरूङ समुदायको पहिचान झल्कने सामग्री देख्न सकिन्छ भने भुजुङ गाउँको विकासक्रमका तस्बिरहरू समेत राखिएको छ।
भुजुङ गाउँका पुर्खाहरूले चलाएको हातहतियारदेखि वर्तमान समयसम्म चल्तीमा रहेका गुरूङ मौलिकता झल्किने सामग्री यहाँ राखिएका छन्।
यहाँ आउने पर्यटकहरूका लागि गुरूङ समुदायको वेशभूषा समेत यहीँ उपलब्ध गराउने गरिएको भुजुङ पर्यटन समितिका अध्यक्ष तुल गुरूङले सेतोपाटीलाई बताए।
तस्बिरहरू:
-1737795962.jpg)
-1737795962.jpg)
-1737795965.jpg)
-1737795964.jpg)
-1737795964.jpg)
-1737795964.jpg)
-1737795964.jpg)
-1737795963.jpg)
-1737795963.jpg)
-1737795963.jpg)
-1737795963.jpg)
-1737795962.jpg)
-1737795962.jpg)
-1737795962.jpg)
-1737795965.jpg)