बन्दीपुर आन्तरिक तथा बाह्य पर्यटकमाझ चर्चित छ।
तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकामा अवस्थित सुन्दर रमणीय पहाडको काखमा विराजमान बस्ती बन्दीपुरमा दैनिक सयौं पर्यटकहरू पुग्छन्। 'पहाडकी रानी' को उपमा समेत पाएको बन्दीपुर प्राकृतिक सुन्दरताले भरिपूर्ण छ।
दायाँबायाँ लहरै मिलेका घर। दक्षिण मोहडाका घरमा घाम ताप्ने बार्दली र बार्दलीमा सजाइएका रंगीचंगी फूल भरिएका गमला। उत्तर मोहडाका घरमा लहरै पसल छन्। ढुङ्गाले छापेका गल्ली र स्लेटले छाएका दुई पाखे घरका छाना गज्जब देखिन्छन्। त्यसमाथि नेवारी सभ्यता झल्काउने काठका कलात्मक भ्यालले बन्दीपुरलाई विशेष बनाएको छ।
यी र यस्तै प्राकृतिक सुन्दरता र मौलिक संस्कृतिक र इतिहासको धनी बन्दीपुरले पुग्ने जो कोहीलाई पनि आफ्नो प्रशंसक बनाउँछ।
बन्दीपुरको विकासमा भने नेवारहरुलाई योगदान ठूलो छ। करिब चार सय वर्षअघि भक्तपुर र काठमाडौँको कीर्तिपुरवाट आएका नेवारले नेवारी शैलीका घर बनाए र बस्ती बसाले। तिनै चिटिक्क परेका परम्परागत घरहरु अहिले पर्यटकका लागि आकर्षणका केन्द्र बनेका छन्। यिनै घरले यहाँको इतिहास, संस्कृति र मौलिकता जोगाइदिएका छन्। बन्दीपुर गाउँपालिकाले यही ऐतिहासिक सम्पदा बोकेको बजारलाई संरक्षित क्षेत्र भनिसकेको छ।
कसरी पुग्ने?
काठमाडौं कलंकीबाट एक सय ३५ किलोमिटर, पोखराको पृथ्वी चोकबाट ६६ किलोमिटर र चितवन पुल्चोकबाट ६० किलोमिटरको दूरीमा तनहुँको डुम्रे बजार पुगिन्छ।
डुम्रेबाट आठ किलोमिटर नागबेली उकालो सडक पार गरेपछि बन्दीपुर बजार पुगिन्छ। सार्वजनिक यातायातमा जाँदा डुम्रेमा सवारी परिवर्तन गर्नुपर्ने हुन्छ। डुम्रेबाट बस, जिप वा ट्याक्सीमा यहाँ आउन सकिन्छ।
प्राकृतिक सांस्कृतिक धार्मिक ऐतिहासिक एवं पुरातात्विक महत्त्वको बन्दीपुरको पर्यटकीय महत्त्वलाई प्रचारप्रसार गरी स्वदेशी तथा विदेशी पर्यटकको प्रवर्धनमा यहाँहरूको साथ र साथ र सहयोग अपेक्षा बन्दीपुर गाउँपालिकाले गर्दै आएको छ।
तस्बिरहरू:
-1726303407.jpg)
-1726303405.jpg)
-1726303406.jpg)
-1726303405.jpg)
-1726303405.jpg)
-1726303405.jpg)
-1726303406.jpg)
-1726303403.jpg)
-1726303403.jpg)
-1726303404.jpg)
-1726303404.jpg)
सबै तस्बिर: बिष्णुकान्त घिमिरे