उत्तरी गोरखाको धार्चे गाउँपालिकामा पर्ने गुम्दा गाउँ पर्यटनमा सम्भावना बोकेको ठाउँ हो। यहाँको हावापानी प्राकृतिक संरचना र संस्कृति उदाहरणीय छ।
उत्तर फर्केको यो गाउँको बायाँ बुद्ध हिमाल र दायाँ गणेश हिमालले यहाँ पुग्ने जो कोहीलाई लोभ्याउँछ।
हाल धार्चे गाउँपालिका ५ मा पर्ने यो गाउँमा साविककै गुम्दा ६,७,८ र ९ वडा एकै ठाउँमा रहेको छ।
गुरूङ समुदायको बाक्लो बस्ती रहेको यो गाउँ गुरूङ सभ्यताको पहिचान पनि हो। यहाँ झन्डै तीन सय घर धुरी छ।
चिसो मौसमले छोप्दै गर्दा यतिबेला लेक चढेको गोठ गाउँ झरेको छ। गोठ, गोठालो अनि घमाइलो मौसमले गाउँमा थप सुन्दरता छाएको छ।
चिसोकै कारण वर्षमा २ बाली मात्र लाग्ने गर्छ। यहाँ गोठ सार्दै जोत्ने बेला भएको छ। बारीमा आलुमा टुसा पलाउन थालेको छ। केहीदिनमै आलु रोप्ने तयारीमा गाउँले जुटेका छन्।
मंसिरको पहिलो साता यहाँ पुग्दा गाउँ वरपर गोठले भरिएको थियो भने गोठालाहरू गोठ सार्ने जोत्ने काममा व्यस्त देखिन्थे। गाउँमा मानिसहरू आफ्नै कर्ममा व्यस्त देखिन्थे।
पर्यटनमा असाध्यै राम्रो सम्भावना बोकेको यो गाउँ सुन्दर दृष्यावलोकन गर्ने र उत्तरी गोरखाको संस्कृति बुझ्ने थलोको रूपमा विकसित गर्नुपर्ने देखिन्छ।
तस्बिरहरू:
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)