शैलुङ मेरो जन्मस्थान रामेछाप टोकरपुरको शिर। २० वर्षअघि काठमाडौं आउँदा-जाँदा हिँड्ने बाटो।
जब गाउँमा बाटो पुग्यो पुराना सबै बाटा बन्द भए। अहिले एक गाउँबाट अर्को गाउँ जान पनि बस र सुमो पाइन्छ।
घरको आँगनमा गाडी पुग्छ। तर यो दसैंमा हिँडेर नै जाने र २० वर्षको त्यो याद ताजा गर्न मन लाग्यो। भक्तपुरबाट चरिकोटको बस चढियो। बसमा खुट्टा राख्ने ठाउँ थिएन।
यात्राको साथी तुल र मात्रिकाजीले पहिले नै टिकट लिएकोले सिट त पाइयो तर यो कोरोनाबीचको भिडले अत्यायो पनि।
मुडेको भाडा ३०० रुपैयाँ छ तर ८०० रुपैयाँ तिर्नुपर्यो। कम्तीमा हामीले त सिट पाएका थियौं। सिट नपाएर झुन्डिएर जानेले पनि डबल भाडा तिरेका थिए।
समयले साथ दिएजस्तो लागेन। हामी मुडेमा हिँड्न थालेदेखि नै पानी पर्न थाल्यो। यो ३ दिनको पानीले हामीलाई त शैलुङबाट देखिने रमणीय दृश्य हेर्न पाइएन।
तर भने रोएको समाचारमा सुनियो दुख लाग्यो। जब हामी शैलुङको त्यो डाँडामा पुग्यौं। सुन्दर मनमोहक दृश्यले हामीलाई मोहित बनायो।
साथीहरू शैलुङ जान चाहनुहुन्छ भने मुडेबाट १ दिनको यात्राबाट जान अनुरोध गर्दछु। मुडेबाट ५ घन्टामा तपाईं कालापानीमा पुगिन्छ। कालापानीमा बस्ने ठिकैको लज छ। कालापानीबाट १ घन्टामा शैलुङ डाँडा पुग्न सकिन्छ।
साँझ र बिहान दुबै समय कालापानीमा बेस बनाएर आनन्द लिन सक्नु हुनेछ।
शैलुङ डाँडाबाट ३० मिनेटमा रामेछापको खोला खर्क पनि झर्न सक्नु हुनेछ। जहाँ चौरी गाई, चौरी गोठ र चौरीको दूध दही र घ्यु खाएर आनन्द लिन सक्नु हुनेछ। खोला खर्कमा पनि बस्ने खाने व्यवस्था छ।
हामीले लिएको केही तस्बिर तपाईंहरूसँग सेयर गर्न मन लाग्यो। आशा छ तपाईंहरूले पनि आनन्द लिनुहुनेछ।