उपत्यकाको वातावरणको अन्त्यहिन बहस शुरु भएको धेरै भईसक्यो, हिजो आज मात्र होइन। उपत्यकाको समृद्धि र सुन्दरताले मोहित आदि कवि भानुभक्त आचार्यले वर्णन गरेको उस बेलाको त्यो अमरावती कान्तिपुरी नगरीको उपमा फेरीएको छ। उस बेलाको त्यो अमरावती कान्तिपूरी नगरीलाई हामीले हिलेमाण्डौं, धुलेमाण्डौं, मास्कमाण्डौं जस्ता अनेकौं पगरी गुथाई दिएका छौं ।
वातावरणका साथ साथै जन स्वास्थ्यका बारेमा बहस गरेर पनि कहिल्यै नथाक्ने भयौं। अखवारमा कलिलो उमेरमै हृदय घात, मस्तिष्क धात र अन्य निको नहुने प्रकृतीका रोगका शिकार हुनुपरेको समाचार पनि आइनै रहन्छ। समस्या न्यूनीकरणकालागि नागरिक स्तरबाट खासै पहल भएको छैन। जनताको सानो स्वर सुन्ने सरकारको कान छैन। नागरिक आफैं सचेत भएर आफ्नो जीवन शैली परिवर्तन गनुको विकल्प छैन। आफ्नो स्वास्थ्यको ख्याल गर्ने हरुका लागि भने। उपत्यकाका वरिपरि विचरण गर्ने मनग्य ठाँउहरु छन्। नजिक नजिकका ठाँउमा पनि गाडि, कार, मोटर साइकल जस्ता सवारी साधनमा घुम्दा एकातिर खनिज तेल बल्छ, धुवाँ निकाल्छ , शरिरमा पनि बोसो बढाउछ अर्को तिर गोजीको पैसा सत्यानाश। साइकल चढेर घुमफिर गर्नाले भने बोसो र खर्च दुवै घटाउछ। त्यसैले आउनु होस उपत्यकाको दक्षिण पूर्व पट्टिको छोटा दूरीका गन्तव्यमा साइक्लिङ्ग गरौं।
बिशंखु नारायण[caption id="attachment_122899" align="alignnone" width="1200"]
गुफाभित्रको बिशंखु नारायण[/caption]
काठमाण्डौं उपत्यकाको प्रख्यात चार नारायण मद्ये एक बिशंखु नारायण। धार्मीक दृष्टिकोणले हिन्दु धर्मावलम्बिहरुको महत्वपूर्ण तिर्थस्थल। हरि बोधनी एकादसीमा ठूलो मेला लाग्छ। बिशंखु नारायणको मन्दिर डाँडाको मद्य भागमा अवस्थित छ। साँघुरो गुफा भित्र नारायणको मुख्य पुजा स्थल छ। गुफाको बाहिरी भागलाई फलामे सिक्रीले घेरीएको छ। मन्दिर भएको डाँडाको प्राकृतीक वनावट निक्कै चाखलाग्दो छ।
[caption id="attachment_122900" align="alignright" width="408"]
नारायण मन्दिरको गुफा[/caption]
बिशंखु नारायणका पुजारी राजेन्द्र सुवेदिले पौराणीक किम्बदन्ती सुनाए अनुसार भष्मासुरको कठोर तपस्या पछि भगवान महादेव प्रशन्न भए। भष्मासुर ले कहिल्यौ नमर्ने वरदान माग्यो। महादेवले प्रकृतीको नियम बिरुद्धको बरदानदिन असमर्थता व्यक्त गरे। भष्मासुरले अर्को वरदान माग्यो, “मैले जसको शिरमा हात राख्यो त्यो भष्म होस”। महादेवले “तथास्तु” भनिदिए। भगवान महादेव बाट जसको शिरमा हात राख्यो त्यो भष्म हुने वरदान पाएका भष्मासुर आफ्नो वरदानको परिक्षा गर्न महादेवकै शिरमा हात राख्न खोज्छ। भयभित महादेव भगवान बिष्णुको शरणमा पुग्छन। महादेवको उद्दार गर्न भगवान बिष्णु मोहिनी रुप धारण गरेर भष्मासुर सामु खडा भए। मोहिनीको सौन्दर्यमा भष्मासुर लठ्ठीयो। महादेव भने भागेर गुफामा लुके। मोहिनी रुप देखेर भष्मासुरले विवाह प्रस्ताव गर्यो। मोहिनीले आफू नृत्यङ्गना भएकोले आफूले जस्तै नृत्य गर्न सक्ने मात्र योग्य वर हुने बताइन्। मोहिनीले जस्तै नृत्य गर्न भष्मासुर मञ्जुर हुन्छ। भष्मासुर मोहिनीसँग ताल मिलाएर नृत्यमा मस्त हुन्छ। मोहिनी आफ्नो हात शिर माथि राख्ने मुद्रामा उभिन्छिन्। मोहिनीको रुप र नृत्यमा मस्त भष्मासुर आफूले पाएको बरदान बिर्सिएर आफ्नो टाउकोमा हात राख्न पुग्छ , जलेर भष्म हुन्छ। मोहिनी रुप धारण गरेका भगवान बिष्णु त्यहिं गुफामा अन्तर ध्यान हुन्छन्। त्यही स्थान बिशंखु नारायणले पुजिन्छन्। दक्षिणतर्फ सामुन्नेको डाँडा भष्मासुर भष्म भएको खरानीको थुप्रोबाट बनेकोले अहिले पनि त्यसलाई भष्मासुर डाँडा, भगवान महादेव लुकेर बसेको गुफा गुप्तेश्वरको नामले चिनिन्छ।
कोत डाँडा[caption id="attachment_122902" align="alignnone" width="1200"]
कोतडाँडाबाट देखिएको हिमाल[/caption]
बिशंखुनारायणको मन्दिरबाट करिब दुई कि.मी उकालो चढाई पछि रमणीय कोत डाँडा पुगिन्छ। कोत डाँडा समुद्र सतहबाट करिब १७४० मी. उचाइमा छ। पश्चिमबाट पूर्वतर्फ अग्लिदै गएको कोत डाँडाको पूर्वतर्फ गाँउको सिरानमा कोत र मन्दिर छ। त्यहि कोतको नामबाट कोत डाँडा नाम रहेको स्थानीय बताउँछन्।
मन्दिरको पश्चिमतर्फ कोत डाँडा होमस्टे संचालनमा छ। कोत डाँडा होमस्टेमा खाना तथा रात बस्नेहरुका लागि बास तथा २० – २५ जना सम्मका लागि सभा, बैठक गर्ने हल समेत भएको सञ्चालक कर्ण लामा बताउँछन्। तर जानु भन्दा अगाडि बुकिङ गरेर जानु बेश।
बिभिन्न जात जातीकि मिश्रित फूलबारी कोत डाँडाबाट मौसम सफा भएको बखत खण्ड खण्ड हिमाल, पहाड र काखमा अवस्थित उपत्यकाको मनोरम दृष्यमा आनन्द लुट्न पाइन्छ।
सुख्खा मौसममा भने उपत्यकाको अवस्था त्यति उत्साहप्रद देखिदैन। वायुप्रदुषणको विकराल अवस्था नाङ्गो आँखाले प्रष्ट देखिन्छ।
कोतडाँडाबाट फर्कदा लामाटार निस्कन सकिन्छ। करिब चार कि.मीको ओह्रालो जंगलको बाटो निक्कै रोमाञ्चक छ। लामाटारबाट ग्वार्खु हुँदै पुनः मंगल बजार आइ पुग्दा करिब आठ कि.मीको दूरी तय हुन्छ। यसरी मंगल बजारलाई आधार मानेर सात दोबाटो, बाँणे गाँउ, गोदाम चौर बिशंखु नारायण, कोत डाँडा, लामाटार, ग्वार्खु हुँदै पुनः पाटन मंगलबजार आइपुग्दा लगभग २५ कि.मी दूरी तय हुन्छ।
बिहानीपखको साईक्लिङ, छोटो दुरीको साईक्लिङ गर्न रुचाउने, नयाँ साइकलप्रेमी, स्वदेशी बिदेशी सबैको लागि उपयुक्त रूट हुन सक्छ।
कसरी पुग्ने[caption id="attachment_122898" align="alignnone" width="1200"]
नारायण मन्दिरको गुफा[/caption]
भौतिक पूर्वाधार विकाससँगै सडक सञ्जाल धेरै बिस्तार भएका छन्। चलन चल्तिको बाटो चयन गर्दा सहज हुन्छ। पाटन मंगलबजारबाट लगनखेल, सातदोबाटोहुँदै करिब ७ कि.मी दूरी तय गरे पछि बाँणे गाँउ पुगिन्छ।
बाँणे गाँउ सिवाली चोकबाट बाँया तर्फको बाटो भएर करिब डेढ कि.मी दूरी तय गरे पछि गौदाम चौर पुगिन्छ। गोदाम चौरको फुटबल ग्राउण्डबाट बाँया तर्फको करिब २ कि.मी उकालो लागेपछि बिशंखु नारायण पुगिन्छ।
सवारी साधनको चाप केही हदसम्म छल्न सातदोबाटोबाट हरिसिद्धि, दमैटारहुँदै गोदाम चौरबाट बिशंखु नारायण पुग्न सकिन्छ।
[caption id="attachment_122903" align="alignnone" width="1200"]
कोतडाँडाबाट देखिएको उपत्यकाको प्रदुषण। तस्बिरः देबेन्द्र[/caption]
कोत डाँडा होम स्टे सम्पर्कको लागि कर्ण लामा ९८६०३३३९२३