रातको समय थियो। नेहा आफ्नो साथीका दाइहरूसँग ट्याक्सीमा कोठातिर जाँदै थिइन्। उनकी साथी चालक छेउको सिटमा बसेकी थिइन्। उनी पछाडि दुई जना पुरूषको बीचमा थिइन्।
झर्ने बेला उनकी साथी फोनमा बोल्दै ट्याक्सीबाट बाहिर निस्किन् र घरभित्र छिरिहालिन्। नेहा भने दुई जना पुरूषको बीचमा बसेकीले बाहिर निस्किन अप्ठ्यारो भयो। तिनले उनको हात समाउन र शरीरका संवेदनशील अंगहरू छुन खोजे।
नेहा चिच्याइन्।
कसैले सुनेनन्।
उनले हिम्मत गरेर 'खबरदार! मेरो बुबा आर्मी हो, तिमीहरू पछुताउनुपर्ला' भनेर धम्क्याइन्।
त्यसपछि भने ती दुई जना हच्के। तिनले नेहालाई ट्याक्सीबाट बाहिर हुत्याइदिए।
त्यो रातभर नेहा छट्पटाइरहिन्। मनमा पीडाको आगो दन्किरह्यो।
र, त्यही पीडाको आगो बोकेर उनी काठमाडौं फर्किइन्।
उनी परिवारको अनुमतिबिनै पोखरा गएकी थिइन्, त्यसैले फर्किनुको कारण कसैलाई सुनाइनन्।
नेहाले त्यो घटना र त्यसले आफूलाई पारेको मानसिक असरबारे हामीसँग विस्तृत चर्चा गरेकी छन्। सँगसँगै, आफ्नो व्यक्तिगत जीवन र पेसासँग जोडिएका चुनौतीबारे विस्तारमा बताएकी छन्। नेहासँगको भिडिओ कुराकानी पनि यो स्टोरीमा समावेश छ।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)