सन् २००६ को कुरा हो।
अमेरिकी नागरिक आना स्टर फुलब्राइट छात्रवृत्तिमा विद्यावारिधि गर्न नेपाल आएकी थिइन्।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लिन आएको गाडीमा दोहोरी गीत बजिरहेको थियो।
दोहोरीमा मस्त चालकले आनासँग कुराकानी सुरू गर्दै भने, 'अब दोहोरी सेलायो। मान्छेले पहिलेजस्तो सुन्नै छाडे।'
आनाका कान चनाखा भए।
उनी दोहोरी गीतमाथि अनुसन्धान गर्न भनेरै नेपाल आएकी थिइन्। नेपाली दोहोरीमै उनले रस भेटेकी थिइन्। भमराझैं त्यसमा झुम्मिएकी थिइन्। यति मग्न थिइन्, उनले आफ्नो विद्यावारिधि नै दोहोरीमा गर्ने सोच बनाइन्।
'मान्छे त्यति बेलै दोहोरी सेलायो भन्थे, आज पनि त्यही भन्दै छन्। त्यसैले यो चिन्ता लिनुपर्ने विषय हो जस्तो लाग्दैन,' यसपटक दोहोरीभन्दा फरक विषयमा काम गर्न नेपाल आएकी ४४ वर्षीया आनाले सेतोपाटीसँगको कुराकानीमा भनिन्, 'जसलाई दोहोरी मनपर्छ, उनीहरूका लागि कहिल्यै सेलाउँदैन।'
आना नेपाली दोहोरीसँग कसरी जोडिइन् त? उनलाई दोहोरीको कुन रसले तान्यो? र, उनी कतिसम्म यसमा झ्याम्मिइन्?
यो स्टोरीमा हामी यिनै विषयमा चर्चा गर्नेछौं।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)