करिब करिब २७/२८ वर्षअगाडि — मोरङकी एक स्कुले किशोरीले आफ्ना साथीहरूलाई भनेकी थिइन् — तिमीहरू नेपालको नम्बर वान हिरोइनसँग खाजा खाँदैछौ!
त्यही बेला एक जना साथीले प्वाक्क भनिदिइन्, 'अनुहार यस्तो छ, बनिस् नम्बर वान हिरोइन!'
साथीको जबाफले ती किशोरी कत्ति उदास भइनन्। उल्टै सोधिन्, 'किन नहुनू?'
'काली न काली छेस्, कसरी बन्छेस् हिरोइन!' साथीले भनिन्।
किशोरीको आत्मविश्वास धर्मराएन, भनिदिइन् 'हेर्दै जा न!'
त्यसको छ वर्ष पनि बितेको थिएन, ती किशोरी सिनेमाको पर्दामा देखिइन्।
नाचिन्, अभिनय गरिन् — राजेश हमालकै जोडी बनिन्।
जसै फिल्म रिलिज भयो, किशोरीको चौतर्फी चर्चा सुरू भयो।
सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री निःशुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)