कुनै समय भैंसेपाटी काठमाडौं उपत्यकाभित्रको एउटा डाँडो मात्र थियो। तर यसको सांस्कृतिक महत्त्व ठूलो थियो।
ललितपुरको काँठ क्षेत्रमा पर्ने यो ठाउँ रातो मच्छिन्द्रनाथको बाह्रवर्षे रथयात्राको रूटमा पर्छ। बाह्रवर्षे रथयात्रामा रातो मच्छिन्द्रनाथ अर्थात् बुंगद्य:लाई गृहनगर बुंगमतीबाट भैंसेपाटी हुँदै पाटन ल्याइन्छ।
बुंगमती र खोकना काठमाडौं उपत्यकाकै प्राचीन बसोबास स्थलका रूपमा चिनिन्छन्, जसको सम्बन्ध किराँत र लिच्छवि कालसँग छ। भैंसेपाटी चाहिँ प्राचीन कालदेखि नै यी दुई बस्तीलाई उपत्यकाको मध्य-सहरसँग जोड्ने बाटो मात्र रह्यो।
अब स्थिति त्यस्तो छैन। केही वर्षयता भैंसेपाटीको स्वरूप बदलिएको छ, महत्त्व बदलिएको छ, परिचय पनि बदलिएको छ।
हामीले स्थानीय बासिन्दा तथा जग्गा व्यवसायीसँग भैंसेपाटी क्षेत्रमा जग्गाको मूल्य कति छ भनेर सोधेका छौं।
यी पनि पढ्नुहोस्:
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)