म अचेल क्लबमा निर्धक्क नाच्न सक्छु। साथीहरूसँग खुलेर कम्मर मर्काउन सक्छु।
कोही अपरिचित नजिक आएर छेडछाड गर्ला भन्ने मलाई डर छैन। मेरो शरीरमा गलत तरिकाले छोइछाइ होला भन्ने मलाई डर छैन। भिडभाडको ठेलठाल र इच्छाविपरीत कसैसँग नाच्नुपर्ला भन्ने पनि मलाई डर छैन।
गएको शुक्रबारकै कुरा गरौं न — एक युवती चर्को संगीतमा चाल मिलाउँदै झुमिरहेकी थिइन्। अन्दाजी ३५/४० वर्षीय एक पुरूष ढलपल गर्दै ती युवती नजिक आए। उनीसँग टाँस्सिएर नाच्न थाले र मौका छोपेर युवतीको पुठ्ठा छोए।
ती युवतीले फरक्क फर्किएर पुरूषको सर्ट समातिन् र 'के गरेको' भन्दै बेस्कन थर्काउन थालिन्।
युवतीले प्रतिरोध गर्नासाथ नजिकै उभिएकी महिला बाउन्सर अघि सरिन् र ती पुरूषलाई तानेर कुनामा लगिन्। एकछिन सम्झाइबुझाइ गरिन्।
एक्ली युवतीसँग छेडछाड गर्ने पुरूषले माफी मागे र आइन्दा त्यसो नगर्ने कबुल गरे।
मैले देखेँ — ती युवती अझै पनि निर्धक्क नाचिरहेकी थिइन्; फेरि कसैले छेडछाड गर्ला भन्ने डरबाट दूर!
यो स्टोरी तिनै महिला बाउन्सरहरूको हो, जसले खासगरी हामी केटीहरूलाई रात्रिकालीन डान्स, डिस्को र बारको रमझममा रमाउने माहोल बनाइरहेका छन्। रातको अन्धकार र अन्यौलको फाइदा उठाउँदै हुनसक्ने शारीरिक दुर्व्यवहारबाट हामीलाई जोगाइरहेका छन्।
र, हाम्रो आत्मसम्मानको पहरेदारी गरिरहेका छन्।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)