सन् २००४ को मध्य सेप्टेम्बरमा डा. सुवास प्याकुरेलको ओछ्यानमा भयानक दुःस्वप्न खस्यो।
औंसी पक्षको रात थियो।
अमेरिकाको कन्नेक्टिकट राज्यको आकाशको अनन्त फैलावटमा टिमटिमाइरहेका ताराको दीप्तिले घोर अँध्यारो छिचोल्न सकेको थिएन।
त्यो बेला उनी अमेरिकामा चिकित्साशास्त्र अध्ययनको तयारी गर्दै थिए। विश्वस्तरीय चिकित्सा शिक्षा अध्ययनको सुस्वादु सपना सिरान हालेर सुतेका थिए।
उनलाई राति रत्तिभर अप्ठ्यारो भएको थिएन।
ब्रह्ममुहूर्त अगावै ब्युँझिने बानी थियो उनको। ब्रह्ममुहूर्तबाटै सुरू हुन्थ्यो उनको दैनिकी। अध्ययनको साधना सिद्धिका लागि विदेशको बाटो तताएका थिए। किताबमै त उदाउँथ्यो उनको न्यानो सूर्यको आभा!
त्यस दिन पनि उनी सूर्योदयअगावै ब्युँझिएका थिए। उठ्दा घाँटीको स्वरयन्त्र बिर्को लागेर टपक्क टालिएझैं भयो।
झसंग भए सुवास!
राति सारसौंदो सुतेका थिए। बिहान बोली ब्युझिँदैन। उनी बल गरेर बोल्न खोज्छन्। स्वर च्यापिएको हो कि भनेर घाँटीको नसा तन्काएर चिच्याउँछन् पनि। परन्तु घाँटीका नसा बेलुनझैं फुलेर मोटामोटा हुन्छन्। आँखाबाट आँसु तर्रर चुहिएलाजस्तो हुन्छ। कञ्चटको ताप बढ्छ। निधारको धुप अझ चर्किँदै जान्छ। अहँ! आवाज फुत्किँदैन!
स्वरनली होइन, मुटुको पल्मोनरी धमनी टालिएझैं भयो उनलाई।
अनि? अनि के भयो?
उनको स्वर फर्कियो? कि बिलाएको बिलायै भयो?
डाक्टरी पढ्न अमेरिका पुगेका सुवासले आफ्नो सपना पूरा गरे? कि नयाँ सपनाको उडान भरे?
पढ्नुहोस् विस्तृतमा –
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)