भाषा वंशावलीअनुसार शिखरापुर (फर्पिङ) का राजा श्रीवीरदेवले आफ्ना मन्त्री ललितलाई ललितारण्य वन फाँडेर सुन्दर सहर बसाउन आदेश दिए।
राजाको आदेश शिरोपर गर्दै ललित दिनरात काममा खटिए।
धेरै धन-सम्पत्ति खर्चेर २४ वटा टोल बनाए। पाँच थुम्का निर्माण गराए। करिब नौ हजार घर थपे। धारा, इनार, पोखरी र अनगिन्ती देवी-देवताका मन्दिर स्थापना गराए। नयाँ सहरको मध्य भागमा नयाँ दरबार पनि बनाए।
ललितारण्य वन फाँडेर र ललितको सक्रियतामा बसाइएको सहर भएकाले 'ललितपत्तन' नाम दिइयो। कालान्तरमा त्यही ललितपत्तनलाई कसैले ललितपुर भने, कसैले पाटन।
यो सहरलाई अशोक पतन, युपग्राम, ललितापुरी, ललितक्रम, मनिंगल, यल लगायत विभिन्न नामले सम्बोधन गरिएको पाइन्छ। अरू नाम समय क्रममा हराउँदै गए पनि पाटनलाई यल भनेर आज पनि हामी सम्बोधन गर्छौं।
पाटनका नामजस्तै यहाँका धेरै ठाउँको अस्तित्व समय क्रममा हराएर गए; जसलाई अब हामी देख्न पाउँदैनौं।
हराएका ठाउँ खोजी गर्ने यो शृंखलाको आजको अंकमा हामीले पाटनका त्यस्तै ८ वटा सम्पदा खोजी गरेका छौं।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)