हिउँद सकिएर बर्खा लागेपछि थलमा झरेको पानीको पहिलो थोपा कस्तो होला?
फेवातालको बीचमा झरेर गहिराइमा बिलाइजाला कि सराङकोट, काहुँकोट वा कालिकाकोटको कठोर चट्टानमा झरेर चूर चूर होला?
कुनै अमुक ताल र पोखरीमा अडिएला कि जमिनमा खसेर सुकिजाला?
रूखका पातमा परेर चिप्लिएला कि मानिसका अनुहारमा तप्प चुहिएर पसिनासँगै मिसिएला?
पानी पर्दा एउटा थोपा मात्र पर्दैन। पहिलो थोपालाई साथ दिन धेरै थोपा पछि पछि कुद्छन्। नेपालको 'चेरापुञ्जी' भनिने पोखरामा त झन् थोपाहरूको बाढी नै उर्लिन्छ। भएभरका ताल आफै आकाशमा गएर बर्सिएजसरी बर्सिन थाल्छन्। नदीनाला आकाशमै गएर बगेजसरी बग्न थाल्छन्।
यसरी आकाशबाट सिंगो ताल र नदी बर्सिँदा पनि पोखराका सडक वा खुला ठाउँमा पानी जम्दैन। जसै आकाशबाट पानी पर्न रोकिन्छ, सडकमा बगिरहेको भेल टक्क थामिन्छ। खुला ठाउँहरू सुख्खा हुन्छन्। आकाश सँगसँगै भुइँ पनि ओभाउँछ। निलो आकाशमुनि खुलेका दूधिला हिमालले मुग्ध बनाउँछ।
हुन त पोखराको आबोहवा नै मोहनी लाउने छ। त्यसमाथि प्रकृतिप्रेमीहरू मोहित हुनुमा अर्को कारण पनि छ — यहाँ नेपालका अन्य ठाउँभन्दा धेरै पानी पर्छ।
अब प्रश्न उठ्छ — पोखरामा धेरै पानी पर्नुको कारण के?
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)